ट्रेंडिंग:

>> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ

माओवादीमा भ्रष्टिकरण बढ्यो : गृहमन्त्री नारायणकाजी

२२ भाद्र २०८०, शुक्रबार
२२ भाद्र २०८०, शुक्रबार

बुटवल,२२ भदौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादीमा भ्रष्टीकरण बढेको स्वीकारेका छन् ।

उनले अन्य पार्टीभन्दा माओवादी फरक भएपछि पछिल्लो सयम पार्टी विधि, पद्धतिमा र विधान अनुकूल सामूहिक निर्णयबाट चल्न छाडेको गुनासो गरे । उनले पार्टीका नेताहरुको कुनै व्यापार व्यवसाय नभए पनि आलिशान जीवनशैलीले प्रश्न उठेको बताए ।

पार्टी रुपान्तरणको लागि जतनासँग माओवादी अभियान चलाइरहेको बेलामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले औंल्याएका पार्टीको चार समस्याः
एक ः पहिला पार्टीमा आदर्श, विचार, सिद्धान्त, रणनीति र कार्यनीतिको कुरा हुन्थ्यो । त्यसको आधारमा हामी अघि बढ्थ्यौं । अहिले सतही कुरा हुन्छ । विचार, सिद्धान्त धेरै उपेक्षित भएको छ । कसैलाई मतलब नै छैन । विचारका उज्यालो र सिद्धान्तको मार्गनिर्देशनअनुसार लामो समयसम्म क्रान्तिकारी अगाडि बढ्न सक्दैनन् । अहिले हामीमा अध्ययन पनि छैन ।

वैचारिक छलफल, सिद्धान्तको कुरा पनि छैन । अहिले नयाँ मान्छे पनि पार्टीमा छैन । त्यसकारण हाम्रो दृष्टिकोण, विचार, सिद्धान्तको कुरा सही छ । त्यसलाई विकास गरेरमात्रै नेपाललाई बनाउन सक्छौं भन्ने कुरामा ध्यान जान छाड्यो । हाम्रो विचलन त्यहाँ भएको छ ।

दुई ः पार्टी संगठनलाई विधि र पद्धतिमा चलाउनुपर्‍यो । विधान अनुकूल सामूहिक चलाउनुपर्‍यो । गुटबन्दी, व्यक्तिवादी व्यवहार गर्नुभएन । विधि सम्मत ढंगले सामूहिक र संस्थागत ढंगले पार्टी चलाउनुपर्‍यो र कार्यकर्ताको न्यायोचित मूल्यांकन गर्नुपर्‍यो । निष्ठावान, सैद्धान्तिक र जनताको सेवा गर्छन्, जो भ्रष्टाचार गर्दैन, तिनलाई मुख्य जिम्मेवारी दिनुपर्छ । हाम्रो त्यहाँ पनि कमजोरी हुन थालेको छ । विधि, पद्धति नमान्ने । कोही अराजक छन्, कोही पद पाएपछि मै सर्वेसर्वा हो भन्ठानेर नोकरशाही छन् ।

तीन ः अहिले पार्टीमा भ्रष्टीकरण बढेर गएको छ । आफ्नो पैतृक सम्पति त्यति देखिएको छैन । पार्टीले पैसा पनि दिएको छैन । दिनसक्ने हालत पनि छैन । हाम्रो केही पनि नभएका पूर्णकालीन कार्यकर्तालाई बचाउन सहयोग गर्न सकेको छैन ।

सुख र विलाशी जीवन बिताउन पार्टीले कसैलाई पैसा त दिएको छैन । काम गरेको, कुनै उद्योग, व्यवसाय गरेको पनि देखिँदैन । तर पनि आलिसान भवनमा कसरी बसिरहेका छन् भन्ने प्रश्न उठेको छ । त्यसकारण हाम्रो पनि भ्रष्टीकरण बढ्दै गएको छ । यो सत्य हो, लुकाएर हुँदैन । यसलाई सच्याउनुपर्छ ।

चार ः जनतासँग हाम्रो सम्बन्ध कमजोर भएर गएको छ । पहिलाको मजदुर, किसान, दलित, गरिब, सुकुमबासी, जनजातिहरुसँग सम्बन्ध राख्थ्यौं । उनीहरुका मुद्दा उठाउँथ्यौं । उनीहरुको हक अधिकारप्रति बोल्थ्यौं । उनीहरुको घरमा बस्थ्यौं, जान्थ्यौं, छलफल गर्थ्यौं । हो, अहिले संघर्षको स्वरुप परिवर्तन भएकाले संसदमा जानुछ । सरकार चलाउनुछ । त्यो काम त बढेकै छ, अलिक फरक मोर्चाको काम ।

तर, त्यसो भनेको जनतासँगको सम्बन्ध छाड्दिने भनेको हो रु त्यो भनेको दलाल नोकरशाही, पूँजीपतिसँग सम्बन्ध बढाउने, उसैसँग मात्रै उठबस गर्ने, ठेकेदार, व्यापारी, अलिकति पैसा भएकै मान्छेसँग मात्रै सम्बन्ध राखेर आफ्नो जीवन चलाउने अनि जनता र कार्यकर्तालाई चासो नदिने भन्या हो र होइन नि त्यहाँ पनि हाम्रो कमजोरी हुन थाल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?