Butwal Today

प्रदेश निजामती ऐनमा अपाङ्गता आरक्षण कटौती बिरुद्ध रिले अनसन

२१ भाद्र २०८०, बिहीबार
अ+
अ-

बुटवल, २१ भदौ । लुम्बिनी प्रदेश सरकारले जारी गर्न लागेको प्रदेश निजामती ऐनमा संघीय व्यवस्था अनुसार ५ प्रतिशत अपाङ्गता आरक्षण कटौती गरेको भन्दै अपाङ्गता भएका व्याक्तिहरुले रिले अनसन सुरु गरेका छन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र प्रदेश संसाद भवन सचिवालय दाङ राप्ती उपत्यका मुख्यालय अगाडी रिले अनसन सुरुवात गरिएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका सहसचिव मनोज पंगेनीले जानकारी दिए । उनका अुसार संघीय निजमती ऐन अनुसार नै अपाङ्गता आरक्षण कोटा ५ बाट घटाएर गरी ३ प्रतिशत झारिएको बिरोधमा आन्दोलन गरिएको बताए ।

लुम्बिनी प्रदेश सरकारले संसद सचिवालयमा पेश गरेको निजामति सेवाको गठन सर्त सम्बन्धि ब्यवस्थापन गर्न बनेको बिधेयक २०८० को दफा ११ मा पदपुर्ति सम्बन्धि बिशेष ब्यवस्थापनमा अपाङ्गता भएका ब्यक्तिहरुको लागी ३ प्रतिशत कोटा ब्यवस्था सहित विधेयब पेश गरिउको छ । यो विषयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशले गम्भिर ध्यानाकर्षण भई उक्त पदपुर्ति सम्बन्धि ब्यवस्थालाई संशोधन गरी ५ प्रतिशत कायम गरिनुपर्ने मागसहित लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र पेश गरिएको छ । यद्यपी यसको माग विषयमा सरकारले कुनै पनि सुनवाई गरेको छैन ।

अपाङ्गता भएका ब्यक्तिहरुलाई निजामती सेवा प्रवेशमा ३ प्रतिशत मात्र समावेशी कोटामा सिमित गर्न लागिएको भन्दै महासंघ चरणबद्ध आन्दोलनमा लागेको महासंघका सचिव सन्तोष पन्थीले जानकारी दिए । भदौ २१ गते देखि २३ गतेसम्म संसद सचिवालय अघि रिले अनसन तथा धर्ना कार्यक्रम आयोजना गरिएको र त्यसपछि पनि माग सुनवाई नभएमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने महासंघका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले बताए ।