Butwal Today

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

२० भाद्र २०८०, बुधबार
अ+
अ-

काठमाण्ठौ, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनीमाथि खुकुरी प्रहार गरेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले सापकोटालाई नियन्त्रणमा लिएको जानकारी दिए । यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।