Butwal Today

सप्तकोशीमा हाम फालेका डाक्टर कोइरालाको शब फेला

२० भाद्र २०८०, बुधबार
अ+
अ-

बुटवल,२० भदौ । १० दिनअघि सप्तकोशी नदीमा हाम फालेका झापाको दमक–१ निवासी डाक्टर प्रज्वल कोइरालाको शब फेला परेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा उनको शव भेटिएको हो। ३२ वर्षीय कोइराला मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए।

माछा मार्ने स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए। डाक्टर कोइरालाको फोटोसँग मिल्दो जुल्दो रहेको सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए।
मृतक डाक्टरका बुवा दिवाकर कोइरालासहित वडाअध्यक्ष हरिप्रसाद न्यौपानेको टोली धरान पुगेर पहिचान गर्दा डाक्टरकै शव भएको अध्यक्ष न्यौपानेले जानकारी दिए।

डाक्टर कोइराला भदौ १० गते देखि बेपत्ता भएका थिए। उनको गाडी, जुत्ता र मोवाइल कोशी व्यारेज छेऊमा ११ गते फेला परेको र सीसी क्यामेराको फुटेज हेर्दा नदिमा हामफालेको देखिएको थियो। उनले आत्महत्याको बाटो रोज्नुको कारण पत्ता लागि नसकेको प्रहरीले जनाएको छ ।