Butwal Today

एमाले लुम्बिनीको चुनाव : सय भोट गन्दा राधाकृष्ण र हरिले पाए बराबर भोट

१९ भाद्र २०८०, मंगलवार
अ+
अ-

बुटवल,१९ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेश नेतृत्वको लागि भएको चुनावको सय मत गणनाको प्रारम्भिक नतिजामा अध्यक्षका दुबै उम्मेदवारले समान ५०–५० मत पाएका छन् । अध्यक्षका उम्मेदवार राधाकृष्ण कंडेलले ५० मत पाउंदा अर्का उम्मेदवार हरिप्रसाद रिजालले पनि ५० मत नै पाएका निर्वाचन समितिले जनाएको छ । कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।

उपाध्यक्ष
 भाेज प्रसाद श्रेष्ठ ५३
 विश्वराज वराल २७
 पुजन बिश्वकर्मा १२
 शान्त कुमार वलि ५
सह सचिव पुरुष
 उपेन्द्र कामि ११
 दुर्गा थारु ४४
 पुर्ण वहादुर ४४
सह सचिव महिला
 आरति पाैडेल २५
 लिला राना ३८
 वसन्ति अधिकारी ३७
लेखा
अध्यक्ष
दामाेदर घिमिरे  ५३
विष्णुराज बीसी ३७
सचिव
प्रकाश ज्ञवाली ४०
वावुराम विश्वकर्मा ४६

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार आजै रातिसम्म गणना सकेर मतपरिणाम सार्वजनिक गर्ने तयारी छ । प्रत्येक सय मत गनेर सकेपछि परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको छ ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पुजन विश्वकर्मा प्रतिष्पर्धामा छन् । उपसचिव खुलामा ४ र महिलामा ३ जना प्रतिष्पर्धामा छन् ।

रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद थारू चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसी उपसचिवमा चुनाव लडेका छन् ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे, गुणनिधि भुसाल र विष्णुराज बीसी गरी ३ जनाबीच प्रतिष्पर्धा छ ।