ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

समयमा काम नगर्ने १० निर्माण व्यवसायीको सम्झौता रद्द गरिने

१९ भाद्र २०८०, मंगलवार
१९ भाद्र २०८०, मंगलवार

पाल्पा, १९ भदौ

निर्माण व्यवसायीले १० वर्ष हुँदा सम्म योजनाका काम पूर्णरुपमा सम्पन्न नगरी अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय पाल्पाले सम्झौता तोडी, धरौटी जफत गर्दै कालो सुचीमा राख्ने काममा जुटेको छ । निर्माण व्यवसायीलाई कार्यालयले पटक पटक ताकेता गर्ने, लिखित, मौखिक, इमेल तथा रजिष्ट्रि पत्र पठाएर काममा ताकेता गरेपनि समयमा काम सम्पन्न नगर्ने, निर्माण व्यवसायीलाई डिभिजन सडक कार्यालय पाल्पाले ठेक्का सम्झौता तोड्न लागेको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले १० बर्ष सम्म पनि योजना पूरा नगरेका निर्माण व्यवसायीहरुको ठेका रद्द गर्ने पक्रिया थालेको छ । कान्छाराम जयबावा गोरखा जे.भि. काठमाडौं, कोशी एण्ड न्यौपाने ओम साई कन्स्ट्रक्सन जे.भी. काठमाडौले समयमा काम नगरेपछि डिभिजन सडक कार्यालयले ठेक्का तोड्ने भएको छ । कार्यालयले पटक पटक म्याद थपे पनि सो अवधिमा समेत काम पूरा गर्न सकेन । जसको कारण माडी फाँट वरीपरीका ४ पालिकाका जनता सहज यातायाताको सुविधाबाट बञ्चित भएका छन् ।

सिद्धार्थ राजामार्गको तानसेन–बुटवल सडक खण्डको जरेपिपल खण्ड, आर्यभञ्ज्याङ्ग–रामपुर सडकखण्ड र तानसेन–बुटवल सडकखण्डको डुम्रे क्षेत्रमा मर्मतको मर्मतको लागि जयरक्तकाली कन्स्ट्रक्सन प्रा.लि. नुवाकोट, आर्यभञ्ज्याङ्ग–रामपुर सडकखण्डमा मर्मतको लागि उदय कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ्ग कन्सल्टेन्सी तानसेन पाल्पा, रिडी–तम्घास क्षेत्रममा सडक मर्मतको जिम्मेवारी लिएको रिदम कन्स्ट्रक्सन बुटवल रुपन्देही, झुम्सा राम्दी सडकखण्ड मर्मतको जिम्मा लिएको नमुना कन्स्ट्रक्सन खिम्ती प्रा.लि. रामेछाप, सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको झुम्सा क्षेत्रमा मर्मत सम्भारको लागि जिम्मा लिएको चण्डी निर्माण सेवा सिद्धार्थनगर रुपन्देही, कालीगण्डकी नदीमा गुल्मी रिडी र स्याङ्जा चण्डीभञ्ज्याङ्ग जोड्ने स्टिल ट्रस पुल निर्माणको ठेक्का सम्झौता गरेको श्री स्वच्छन्द निर्माण सेवा नागार्जुन काठमाडौ लगायतका १० वटै निर्माण व्यवसायीहरुले समयमा काम नगरेकोेले सम्झौता रद्द गर्न विभागमा पत्राचार गरिसकेको छ सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदिपमणी निरौलाले बताए ।

एउटै निर्माण व्यवसायीलाई सरकारले धेरै ठेक्का दिने, राजनीतिक दलको पहँुचको आधारमा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न नसक्ने, सार्वजनिक खरिद ऐन व्यावहारिक नभएको कारण पनि योजनाका कामहरु समयमा सम्पन्न भएका छैनन् । जसका कारण नागरिकहरुले विकासका काममा अवरोध झेल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?