Butwal Today

कांग्रेस बागमतीका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

१९ भाद्र २०८०, मंगलवार
अ+
अ-

बुटवल,१९ भदौ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन्।

काफ्लेले आफूले प्रमुख सचेतकबाट राजीनामा दिएको जानकारी संसदीय दलका नेता बहादुरसिंह लामालाई दिएको बताएका छन्। ​

काफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव भएकोले राजीनामा दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

‘केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको उनले लेखेका छन्।