Butwal Today

ओलीले किन भेटे प्रचण्डलाई ?

१९ भाद्र २०८०, मंगलवार
अ+
अ-

काठमाडौं,१९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पुगेर भेटवार्ता गरेका हुन् ।

समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द्र आचार्यले बताए । भेटवार्तामा संसदलाई प्रभावकारी बनाउने, प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलगायतको विषयमा छलफल भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?