ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
१६ जन्मिदा ११ जीवित

आठौ, नवौ, दशौ र एघारौ सन्तानलाई मात्रै स्कूल जाने अवसर

दुई मात्र सन्तान ईश्वरको वरदान पनि जनजनको जिव्रोमा झुन्डिएको कर्णप्रीय नारा बनेको छ । सरकारको परिवार योजनाको यस्तो प्रयास विपरित रोल्पाको सुनछहरी गाउँपालिका ६ फगाममा भने फरक घटना देखिएको छ । फगाम स्वास्थ्य चौकीको आडैमा रहेका एक जोडीले भने सरकारको यस्तो प्रयासलाई चूनौती दिँदै १६ सन्तानको जन्म दिएका छन् ।
१९ भाद्र २०८०, मंगलवार
१९ भाद्र २०८०, मंगलवार

रोल्पा, १९ भदौ । सरकारले परिवार व्यवस्थापनका लागि भन्दै हरेक वर्ष ठूलो धनरासी खर्च गर्दै आएको छ । सानो परिवार, सुखी परिवारको नारा मात्र हैन दुई मात्र सन्तान ईश्वरको वरदान पनि जनजनको जिव्रोमा झुडिएको कर्णप्रीय नारा वनेकोछ । सरकारको परिवार योजनाको यस्तो प्रयास विपरित रोल्पाको सुनछहरी गाउँपालिका ६ फगाममा भने फरक घटना देखिएको छ । फगाम स्वास्थ्य चौकीको आडैमा रहेका एक जोडीले भने सरकारको यस्तो प्रयासलाई चूनौती दिँदै १६ सन्तानको जन्म दिएका छन् ।

१६ सन्तानको जन्म दिने महिला हुन सुनछहरी गाउँपालिका ६ फगामकी नानसरा परियार । उनको उमेर अहिले ४७ वर्षको भयो । २०४९ सालमा १५ वर्षको उमेरमा विवाह गरेकी उनले अहिलेसम्म १६ सन्तान जन्माइ सकिन । २०५५ सालमा श्रीमानको मृत्यु भएपछि २०५६ सालमा ३ वर्ष कान्छो गाउँकै भानसिंह परियार संग दोश्रो विवाह गरिन । भानसिंहको अहिलेको उमेर ४४ वर्षको छ ।
उनले हालसम्म जन्माएका १६ वच्चा मध्ये ११ जीवित र ५ जना मृत छन । उनले पहिलो श्रीमानबाट ३ र दोश्रो श्रीमानबाट १३ सन्तान जन्माईन । उनको पहिलो सन्तान छुन परियार हुन । उनी अहिले ३० वर्षका छन । छुनलाई उनले २०५० सालमा जन्माएकी हुन । छुन सँगै पहिलो श्रीमानबाट पूर्व र सुनिता गरि २ छोरा र १ छोरीको जन्म भयो । उनीहरू सबैको विवाह भइसकेको छ । वावुको सानैमा मृत्यु भएपछि आमासँगै आएका उनीहरू सबैको नागरिकता पनि दोश्रो श्रीमानबाट बनेको छ ।

दोश्रो श्रीमानबाट जन्मिएका १३ मध्ये ८ सन्तान जीवित छन । ५ सन्तान भने उनले बचाउन सकिनन । दोश्रो श्रीमानबाट जन्मिएको पहिलो सन्तान प्रेम २० वर्षका भए भने कान्छो सन्तान सुजनको उमेर ३ वर्षको छ । जीवित ११ मध्ये ५ छोरी र ६ छोरा छन । उनले जन्माएका १६ मध्ये १४ बच्चा त घरमै जन्मिए । २ वच्चा भने उनले स्वास्थ्य चौकीमा जन्माइन । दुई वच्चा पनि घरमै जन्माउने ईच्छा थियो । महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य संस्था जानुपर्छ भनेपछि करले २ सन्तान त्यतै जन्माईन ।

उनका ७ सन्तानले स्कुलको मुख देख्न पाएनन । दोश्रो श्रीमानवाट जन्मेका आठौ, नवौ, दशौ र एघारौ सन्तानले मात्रै स्कूल जाने अवसर पाए । तीन सन्तान स्कुल गईरहेका छन भने कान्छो सन्तान पनि विद्यालय जाने तयारीमा छन् । आठौ सन्तान मनवहादुर परियार ११ वर्षका भए । उनले अहिले कक्षा २ मा अध्ययन गर्दैछन । नवौ सन्तान फागुनी परियार ९ वर्षकी भईन । उनले अहिले कक्षा १ मा पढ्छिन । दशौ सन्तान वुद्धिराम परियार ७ वर्षका भए । उनले अहिले सिसु कक्षामा पढ्छन । कान्छो छोरा सुजन परियार ३ वर्षका भए उनी अझै स्कुल गएका छैनन् । बालवालिका र आमाको पोषण अवस्था सन्तोषजनक नभए पनि स्वास्थ्य अवस्था ठिकै देखिन्छ स्थानीय शिक्षक चित्रवहादुर झाँक्री मगरले भने । धेरै सन्तान जन्माउदा उनको परिवारको शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था सन्तोषजक छैन शिक्षक झाँक्री मगरले भने ।

श्रीमान भानसिंह परियार ज्याला मजदुरी गरेर परिवार पालेका छन । घरको कमजोर आर्थिक अवस्थाका कारण छोराछोरीको पालनपोषण र शिक्षा दिक्षामा निकै समस्या भएको नानसरीले वताईन । नाजुक आर्थिक अवस्थाकै कारण ७ सन्तान पढाउन सकिएन, पछि जन्मेका ३ सन्तानलाई जसोतसो पढाउँदै आएको छु नानसरीले भनिन् ।

त्यसो त नानसरीको सासुले पनि १६ सन्तान जन्माएकी थिईन । ससुराका दुई श्रीमतीवाट जन्मेका १६ सन्तान मध्ये १५ जनाको मुत्यु हुदा उनको श्रीमान भानसिंह मात्रै बचे । भानसिंह कान्छो सन्तान थिए । सासु ससुराले व्यहोर्नु परेको यस्तो पिडा आफुमाथि नपरोस भनेर आफूहरूले पनि धेरै सन्तान जन्माएको नानसरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?