ट्रेंडिंग:

>> डडेलधुराबाट काठमाडौँ  जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा 

समयमा काम नगर्ने १० निर्माण व्यवसायीको सम्झौता रद्द गरिने

१९ भाद्र २०८०, मंगलवार
१९ भाद्र २०८०, मंगलवार

पाल्पा, १९ भदौ

निर्माण व्यवसायीले १० वर्ष हुँदा सम्म योजनाका काम पूर्णरुपमा सम्पन्न नगरी अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय पाल्पाले सम्झौता तोडी, धरौटी जफत गर्दै कालो सुचीमा राख्ने काममा जुटेको छ । निर्माण व्यवसायीलाई कार्यालयले पटक पटक ताकेता गर्ने, लिखित, मौखिक, इमेल तथा रजिष्ट्रि पत्र पठाएर काममा ताकेता गरेपनि समयमा काम सम्पन्न नगर्ने, निर्माण व्यवसायीलाई डिभिजन सडक कार्यालय पाल्पाले ठेक्का सम्झौता तोड्न लागेको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले १० बर्ष सम्म पनि योजना पूरा नगरेका निर्माण व्यवसायीहरुको ठेका रद्द गर्ने पक्रिया थालेको छ । कान्छाराम जयबावा गोरखा जे.भि. काठमाडौं, कोशी एण्ड न्यौपाने ओम साई कन्स्ट्रक्सन जे.भी. काठमाडौले समयमा काम नगरेपछि डिभिजन सडक कार्यालयले ठेक्का तोड्ने भएको छ । कार्यालयले पटक पटक म्याद थपे पनि सो अवधिमा समेत काम पूरा गर्न सकेन । जसको कारण माडी फाँट वरीपरीका ४ पालिकाका जनता सहज यातायाताको सुविधाबाट बञ्चित भएका छन् ।

सिद्धार्थ राजामार्गको तानसेन–बुटवल सडक खण्डको जरेपिपल खण्ड, आर्यभञ्ज्याङ्ग–रामपुर सडकखण्ड र तानसेन–बुटवल सडकखण्डको डुम्रे क्षेत्रमा मर्मतको मर्मतको लागि जयरक्तकाली कन्स्ट्रक्सन प्रा.लि. नुवाकोट, आर्यभञ्ज्याङ्ग–रामपुर सडकखण्डमा मर्मतको लागि उदय कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ्ग कन्सल्टेन्सी तानसेन पाल्पा, रिडी–तम्घास क्षेत्रममा सडक मर्मतको जिम्मेवारी लिएको रिदम कन्स्ट्रक्सन बुटवल रुपन्देही, झुम्सा राम्दी सडकखण्ड मर्मतको जिम्मा लिएको नमुना कन्स्ट्रक्सन खिम्ती प्रा.लि. रामेछाप, सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको झुम्सा क्षेत्रमा मर्मत सम्भारको लागि जिम्मा लिएको चण्डी निर्माण सेवा सिद्धार्थनगर रुपन्देही, कालीगण्डकी नदीमा गुल्मी रिडी र स्याङ्जा चण्डीभञ्ज्याङ्ग जोड्ने स्टिल ट्रस पुल निर्माणको ठेक्का सम्झौता गरेको श्री स्वच्छन्द निर्माण सेवा नागार्जुन काठमाडौ लगायतका १० वटै निर्माण व्यवसायीहरुले समयमा काम नगरेकोेले सम्झौता रद्द गर्न विभागमा पत्राचार गरिसकेको छ सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदिपमणी निरौलाले बताए ।

एउटै निर्माण व्यवसायीलाई सरकारले धेरै ठेक्का दिने, राजनीतिक दलको पहँुचको आधारमा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न नसक्ने, सार्वजनिक खरिद ऐन व्यावहारिक नभएको कारण पनि योजनाका कामहरु समयमा सम्पन्न भएका छैनन् । जसका कारण नागरिकहरुले विकासका काममा अवरोध झेल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?