Butwal Today

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

१८ भाद्र २०८०, सोमबार
अ+
अ-

बुटवल,१८ भदौ ।   विदेशी मुद्राको निनिमय दरमा हिजोको तुलनामा आज केही घटबढ भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.०५ रुपैयाँ र बिक्री दर १३२.६५ रुपैयाँ कायम भएको छ। आइतबार पनि सोही दर कायम थियो। अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र पाउण्ड स्टर्लिङ घटेको छ।

युरोपियन युरोको भाउ भने थौरै घटेको छ। आज १ युरोपियन युरोको खरिद दर १४२.२८ तय हुँदा बिक्री दर १४२.९३ रुपैयाँ रहेको छ। आइतबार १ युरोको खरिद दर १४३.२१ रुपैयाँ र बिक्री दर १४३.८६ रुपैयाँ थियो।

पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। आज १ पाउण्ड स्टर्लिङको बिक्री दर १६६.२५ रुपैयाँ र बिक्री दर १६७.०१ रुपैयाँ रहेको छ। आइतबार १ पाउण्ड स्टर्लिङको खरिद १६७.३९ रुपैयाँ र बिक्री दर १६८.१५ रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?