ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

एमाले लुम्बिनी प्रदेश अधिवेशन : पदाधिकारीमा १४ र सदस्यमा ३ सय ६४ जनाको उम्मेदवारी (सूचिसहित)

१८ भाद्र २०८०, सोमबार
१८ भाद्र २०८०, सोमबार

बुटवल, १८ भदौ ।

नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन अन्तर्गत ५ जना पदाधिकारी र २ सय सदस्य पदमा उम्मेदवारी दिएकाहरुको नामावली सार्वजनिक भएको छ । नयाँ नेतृत्वका लागि सबै पदमा आवश्यकभन्दा बढी उम्मेदवारी परेको छ ।

निर्वाचन कमिटीले जारी गरेको प्रारम्भिक नामावली अनुासर अध्यक्षमा दुई, उपाध्यक्षमा चार, सचिवमा दुई र उपसचिवमा ७ जनाको उम्मेदवारी परेको हो ।

अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालको उम्मेदवारी परेको छ । यद्यपि रिजालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।

उपाध्यक्षमारुपन्देहीका भोजप्रसाद श्रेष्ठ,रुपन्देहीकै विश्वराज बराल ,बांकेका पुजन विक र शान्ताकुमारी वली (रोल्पा)ले उम्मेदवारी दिएका छन् । यस्तै सचिवमागुल्मीका सोमनाथ सापकोटा र दाङका लक्ष्मण आचार्यले उम्मेदवारी दिएका छन् ।

२ उपसचिवमापुरुषतर्फ उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारु, हीरा एसी र पूर्णबहादुर बुढा मगरले उम्मेदवारी दिएका छन् भने महिला उपसचिवमा आरती पौडेल, लीला राना मगर र बसन्ती अधिकारीले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी २ सय सदस्य पदमा ३ सय ६४ जनाको उम्मेदवारी परेको निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले बताए । भण्डारीका अनुसार दावीविरोधपछि साढे २ बजेपछि पुनः उम्मेदवारहरुको नमावली प्रकाशन गरिने छ । अन्य निर्वाचन प्रकृयाको समय भने अहिले तोकिएको छैन ।एमालेको प्रदेश कमिटी ५ पदाधिकारीसहित २०५ सदस्यीय हुनेछ ।अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट १ हजार ४ जना प्रतिनिधिहरु मतदाता रहेका छन् ।

नेताहरुले सार्वजनिक अभिव्यक्तिमा सहमतिको रटान लगाएपनि भित्रभित्र आफ्नो गुटको पक्षमा लबिङ गरेकाले निर्वाचनबाट नयाँ नेतृत्व चयन प्रक्रिया शुरु भएको हो । अधिवेशनको उद्घाटन सत्रमा बोल्ने पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुले पार्टीमा कुनैपनि गुट नभएको स्पष्टीकरण दिएपनि भित्रभित्रै गुट झांगिएको अधिवेशनस्थलमा सहभागी नेता, कार्यकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।

नेकपा एमालेको प्रादेशिक स्तरमा हुने पहिलो अधिवेशनमै सहमति हुन नसकेपछि अन्य प्रदेशमा पनि यसको सन्देश जाने देखिएको छ ।
अध्यक्षका उम्मेदवार राधाकृष्ण कंडेलले आफूले एक वर्ष मात्र प्रदेश अध्यक्ष भएर काम गर्दा प्रतिकूल राजनीतिक परिस्थितिमा भएका चुनावमा पार्टीलाई प्रदेशसभामा पहिलो बनाएको र अन्य निर्वाचनमा पनि उल्लेख्य सफलता हासिल गरेको,पार्टी संगठनलाई व्यवस्थित बनाएको र पार्टीलाई आर्थिकरुपमा पारदर्शी मितव्यवयी बनाएकाले प्रतिनिधिकै आग्रहमा एक कार्यकाल काम गर्न उम्मेदवारी दिएको बताएका छन् ।

केन्द्रीय सदस्य एवं पुर्व प्रदेश मन्त्री रहेका अर्का उम्मेदवार हरिप्रसाद रिजालले पार्टीलाई थप बलियो बनाउन आफू प्रदेशमा आउन चाहेको बताएका छन् । कंडेल पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाललाई महासचिव शंकर पाृेखरेल निकट मानिन्छन् ।

हेरौं सबै उम्मेदवारको सूचि ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?