ट्रेंडिंग:

>> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा

रोजगारीको अवसर सिर्जना गर

१८ भाद्र २०८०, सोमबार
१८ भाद्र २०८०, सोमबार

पछिल्लोसमय प्रधानमन्त्रीदेखि सरकारका मन्त्रीहरूले युवाहरूको बढ्दो विदेश पलायन रोक्ने भन्दै भाषण गरिरहेका छन । प्रधानमन्त्री र अर्थमन्त्रीको हरेक भाषणमा युवालाई विदेश जानबाट रोक्ने कुरा आईरहेको छ । भाषणमा युवा पलायन रोक्ने भनिएपछि सरकारले विदेश पलायन रोक्ने कसरी भन्ने बिषयमा ठोस कारण दिन सकेको छैन । सरकारले विना आधार युवा पलायन रोक्ने भनेर रोकिने अवस्था पनि छैन । किनभने हरेक युवाले आफ्नो जीवनमा काम, नाम र दामको आकांक्षा राखेका हुन्छन् ।

यही आकांक्षालाई पूरा गर्न पाखुरीको बल र मस्तिष्कको सिर्जनशीलतालाई उपयोग गर्दै जीवनमा सधैँ अगाडि बढ्न लालायित हुन्छन् । त्यसका लागि विदेशै जान तयार छन युवाहरू । त्यसै त नेपालमा राम्रो काम र दामको अभाव छ । नेपालमा रोजगारी दिन नसक्ने, अवसर सिर्जना नगर्ने अनि त्यत्तिकै विदेश पलायन रोक्ने भनेर रोकिने अवस्था पनि छैन । पछिल्लोसमय युवाहरू आफ्नो भविष्य खोजिरहेका छन । उनीहरूमा युगलाई परिवर्तन गर्न सक्ने तागत छ । राज्यले युवालक्षित नीति र कार्ययोजना बनाई प्रभावकारी कार्यान्वयन गर्न नसक्दा काम, नाम र दामका आकांक्षी लाखौँ युवा आज निराश छन् । उनीहरूको यो निराशा देशको राजनीति, समाज र अर्थतन्त्र सबैतिर प्रतिबिम्बित छ । मूलतः राजनीतिक दुराशयले देशको राजनीति विभाजित छ । देशका युवा राजनीतिको कित्ता–कित्तामा विभाजित छन् । राजनीति नै देशमा आर्थिक र सामाजिक परिवर्तनको मियो बनेको अवस्थामा युवाहरू राजनीतिमा जोडिन पुग्नु अस्वाभाविक होइन । तर, राजनीतिभित्रको दुराशयले युवालाई विभाजित मात्रै गरेको छैन, शोषण पनि उत्तिकै गरेको छ । युवालाई राजनीतिक दलको खेतालाको रूपमा मात्रै प्रयोग गरिएकाले उनीहरूको समय र ऊर्जा खेर गइरहेको छ । त्यसैले पनि धेरै युवालाई विदेश पलायन गराएको छ ।

आजको २१ औं शदीका युवालाई हरेक क्षेत्रमा अवसर प्रदान गर्नु राज्यको दायित्व हो । यो दायित्वबाट राज्य निरन्तर चुक्दा युवामा राज्यप्रति नै निराशा र वितृष्णा बढेको छ । युवाको भावनामा पोखिने निराशा र वितृष्णाले देशको भविष्य नै अन्धकार हुन सक्ने संकेत गरिरहेको छ । राज्यले यो संकेतलाई बुझ्ने प्रयास समयमै गरेन भने राज्य युवाविहीन हुनेछ । राज्य वृद्धाश्रम बन्ने जोखिम छ । ऊर्जाशील एवं सिर्जनशील युवालाई विदेश पलायन हुन बाध्य पारेर वृद्धवृद्धा, महिला र बालबालिकाबाट मात्रै कस्तो समृद्धिको अपेक्षा गर्न सकिन्छ ? राज्य गम्भीर हुन जरुरी छ । राज्यका पदाधिकारी आफ्नो भूमिका निर्वाहमा गम्भीर नबन्दाको परिणाम हो– युवा पलायन । त्यसैपनि बर्तमान राजनीतिको दिशाबाट युवाजगत निराश छ । अवसरबाट वञ्चित युवा मनमा केही सपना बोकेर अवसरको खोजीमा बिदेसिएको यथार्थलाई हामीले भुल्नु हुँदैन ।

पछिल्लो तथ्याँक अनुसार देशको कुल जनसंख्यामध्ये युवाको संख्या ४२ प्रतिशत छ । जस अनुसार युवाको जनसंख्या एक करोडभन्दा बढी छ । तर, बिडम्वना भनौं झन्डै आधा संख्या अवसरको खोजीमा बिदेसिन बाध्य छन् । तिनै युवाले पठाएको रेमिट्यान्समा नेपाल अहिले समृद्धिको सपना देखिरहेको छ । युवाले पठाएको रेमिट्यान्सले उनीहरूको घरको चुलो मात्रै बलेको छैन, देशको अर्थतन्त्र पनि त्यसैमा टिकेको छ । यो जतिको विडम्बना के हुन सक्छ ! रेमिट्यान्स परनिर्भरताको परिचायक हो । रेमिट्यान्सले चलेको अर्थतन्त्र सुरक्षित हुन सक्दैन । यसतर्फ राज्यको गंभीर ध्यान जाओस् । अव सरकारको जिम्मेवारी के हुनुपर्दछ भने बाध्यताले बिदेसिएका र स्वदेशमै भएरपनि बरालिएका युवालाई सही मार्गमा डो¥याउने र राष्ट्रिय समृद्धिको अभियानमा परिचालन गर्नेतर्फ प्रयास हुनु जरूरी छ । राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका संवाहक मानिएका युवाले नेपालका हरेक राजनीतिक परिवर्तन, लोकतन्त्रको स्थापना र अन्य सामाजिक आन्दोलनहरूमा पनि महत्वपूर्ण योगदान गरेको इतिहास साक्षी छ । तसर्थ युवा विदेश पलायन भएकोमा चिन्ता गर्नुभन्दा सरकारले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ बाताबरण तयार गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?