Butwal Today

मानवअधिकार उल्लंघनका दोषीलाई न्यायको कठघरामा ल्याइन्छ : प्रधानमन्त्री

१८ भाद्र २०८०, सोमबार
अ+
अ-

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानवअधिकार उल्लङ्घन घटनाका पीडितहरूलाई क्षतिपूर्ति प्रदान गर्न र दोषीहरूलाई न्यायको कठघरामा ल्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन घटनाको पीडितलाई क्षतिपूर्ति दिने बताए।

उनले नयाँ संविधान आफैँमा शान्ति सम्झौताको उपज भएको र अन्तर्राष्ट्रिय मानवअधिकार कानूनमा समावेश गरिएका लगभग सबै मानवअधिकारहरू समावेश गरेको बताए ।
पूर्व लडाकुहरूलाई नेपाली सेना र समाजमा सफलतापूर्वक एकीकृत गरेको उल्लेख गर्दै विगतका मानवअधिकार उल्लङ्घनलाई अझै सम्बोधन गर्न नसकेको स्वीकार गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?