Butwal Today

भारतविरुद्ध नेपालले प्रहार गर्ने प्रत्येक छक्कामा १ लाख पुरस्कार दिने अर्ना बियरको घोषणा

१८ भाद्र २०८०, सोमबार
अ+
अ-

काठमाडौँ, १८ भदौ ।

अर्ना बियरले भारतविरुद्ध नेपाली खेलाडीले प्रहार गर्ने हरेक छक्काबापत नेपाली क्रिकेट टिमलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच आज दिउँसो श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ।

यती ब्रेवेरीको उत्पादन अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख र प्रत्येक चौकामा २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा भारत र नेपालबीच आज (सोमबार) समूह चरणको अन्तिम खेल हुँदैछ।

नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ।