ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

एसिया कप क्रिकेट : नेपाल र भारत आज भिड्दै

१८ भाद्र २०८०, सोमबार
१८ भाद्र २०८०, सोमबार

काठमाडौँ, १८ भदौ ।

भारतविरुद्धको क्रिकेट खेल नेपालका लागि सधैँ प्रतिष्ठाको विषय बन्ने गरेको छ । त्यसैले नेपालका लागि भारत कुनै पनि हालतमा हार्न नचाहने प्रतिद्वन्द्वी हो । यस्तो भावना खेलाडीमा मात्र नभई समर्थकमा पनि रहँदै आएको छ । एसिया कप अन्तर्गत नेपालले सोमबार भारतविरुद्ध खेल्दै छ । नेपालका लागि विश्वविजेता भारतसँगको भिडन्त पक्कै पनि सहज छैन ।

पहिलो खेलमा पाकिस्तानसँग नराम्ररी पराजय बेहोरेपछि भारतविरुद्धको खेलमा नेपालको भाउ अझै घटेको छ । पहिलो पटक एसिया कप खेल्दै गरेको नेपालले चार दिनअघि पाकिस्तानविरुद्धको खेल २३८ रनको विशाल अन्तरले गुमाएको थियो । त्यो नतिजा नेपालका लागि लज्जास्पद हो । त्यसो त नेपालले सुरुको दुई घण्टा पाकिस्तानलाई  आच्छु आच्छु पारेको थियो तर नतिजामा ठुलो अन्तर निस्कियो ।

पाकिस्तानसँगको खेलमा जस्तो भारतसँगको खेलमा विशाल साझेदारी बनाउन दिने छुट नेपाललाई छैन । यसो भएमा नेपालले अर्को ठुलो हार बेहोर्नुपर्ने हुन सक्छ । नेपालका कप्तान रोहित पौडेलले एसिया कपमा नेपालले खेल्न पाउनु नै ठुलो उपलब्धि प्राप्त भइसकेको बताए । “हामीभन्दा अगाडिका दुई पुस्ताको अथक प्रयास र मेहनतले हामीले यहाँ खेल्ने अवसर पाएका छौँ । त्यसैले भारतविरुद्धको खेलमा राम्रो छाप छाडेर लामो समयदेखिको प्रयासलाई सार्थक बनाउने छौँ,” उनले आत्मविश्वासका साथ भने ।

पाकिस्तानसँगको पराजयलाई नेपाली खेलाडीमा अनुभवको कमी मान्न सकिन्छ । भारतविरुद्ध खेल्दा नेपालले ब्याटिङमा निकै सुधार गर्नुपर्ने छ । नेपालले भारतको वरिष्ठ क्रिकेट टिमसँग पहिलो पटक सामना गर्न लागेको हो । यसलाई नेपालको क्रिकेट इतिहासकै सबैभन्दा ठुलो खेल पनि मानिएको छ । नेपाली क्रिकेटरले भारतका सुपरस्टार क्रिकेटरहरू विराट कोहली, रोहित शर्मा, हार्दिक पाण्ड्या, जस्प्रित बुम्राह जस्ता खेलाडी जस्तै खेल्ने सपना देख्थे । सोमबार नेपाली खेलाडीले त्यो सपना साकार पार्ने अवसर पाउने छन् ।

नेपालका कप्तान पौडेलले भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीलाई रोक्न आफूहरूले योजना बनाएको सुनाउँदै भने, “आशा छ, हामी दुवै सुपरस्टार ब्याट्सम्यानलाई चाँडै पबेलियन फर्काउने छौँ ।”

नेपाली क्रिकेटरले भारतविरुद्ध कम्तीमा टक्करको खेल खेल्ने अपेक्षा नेपाली समर्थकले गरेका छन् । विशेषतः नेपाली टिमको प्रदर्शन ग्लोबल व्रिmकेटर बनिसकेका लेग स्पिनर सन्दीप लामिछानेमा निर्भर रहने छ । सायद सन्दीपको पाँच विकेटको प्रदर्शन र नेपालका कुनै शीर्षव्रmमका ब्याट्सम्यानको शतक एकसाथ आएमा चमत्कार नहोला पनि भन्न सकिन्न ।

व्रिmकेट यसै हुन्छ भन्न नसकिने अनिश्चित खेल हो । त्यसमा पनि टी–२० र एकदिवसीय क्रिकेट त भविष्यवाणी गर्न नसकिने खालको हुन्छ । विश्व क्रिकेटमै एसोसिएट टिमले टेस्ट टिमलाई हराएका कैयौँ उदाहरण पनि छन् । त्यसैले भारतविरुद्धको जित असम्भव नै होइन तर यसका लागि नेपालले चमत्कारपूर्ण खेल खेल्नुपर्ने हुन्छ ।

नेपाल र भारतबिच श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय मैदानमा खेल हुँदै छ । अङ्क तालिकामा भारत एक अङ्कमा छ भने नेपाल अङ्कविहीन छ । यस समूह ‘ए’ बाट पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । यस अर्थमा भोलिको खेल जित्ने टिमले सुपर फोरमा स्थान बनाउने छ । पालेकेलेमा सोमबार वर्षाको भविष्यवाणी पनि गरिएको छ । वर्षाले खेल रद्द भएमा भारत समूहमा दोस्रो स्थान हात पारी अगाडि बढ्ने छ भने नेपाल घर फर्किनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?