ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
महेशपुर–सुनवल

चार अर्बमा चार लेन सडक

१८ भाद्र २०८०, सोमबार
१८ भाद्र २०८०, सोमबार

सुनवल, १८ भदौ । पश्चिम नवलपरासीको मुल भन्सार नाका, महेसपुर भन्सारदेखि पुर्वपश्चिम राजमार्गसम्म जोड्ने गरी फराकिलो सडकको पहुँच विस्तार गर्न काम सुरु भएको छ । संघीय सरकारको लगानीमा व्यापारीक नाका विस्तार आयोजना अन्र्तगत महेसपुर सिमा नाकादेखि पुर्व पश्चिम राजमार्गको सुनवल सम्म चारलेनमा सडक स्तरउन्नती गर्ने काम सुरु भएको हो ।

साढे २० किलोमिटर सडक स्तरउन्नती गर्न चार अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ । सोहि अनुरूप बहुवर्षिय योजनाको रूपमा काम अगाडी बढाउन पहिलो चरणमा डेढ अर्ब बजेट माग गरिएकोमा यो वर्ष ३० करोड बराबरको काम सुरु भएको सडक डिभिजन कार्यालय बुटवलका ईन्जिनियर महेश्वर लम्सालले जानकारी दिए । पहिलो चरणमा २१ करोड ११ लाखमा महेसपुर बजार देखि माथि तर्फ सडक विस्तारको काम भईरहेको छ । उक्त बजेटमा १५ सय मिटर सडक चार लेनमा विस्तार हुने छ । गत वैशाख २६ गते सम्झौता भएको सडकको काम १५ महिनामा सक्ने गरी गौरीशंखर हिमालयन कन्स्ट्रक्सनले बिस्तार गरिरहेको छ ।

चार लेन सडकमा बिचमा डिभाईडर, दायाबायाँ नाली र फुटपाथ निर्माण हुने छ । तर संघिय सरकारले बाँकि रकम भने बजेट अभावका कारण देखाउँदै अझै सुनिश्चित नगरिसकेकाले बाँकि सडकको ठेक्का प्रक्रिया अगाडी बढ्न नसकेको लम्सालले बताए । ‘चार अर्ब लागत अनुमान छ, डेढ अर्बको माग गरेपनि बजेट अभावमा स्वीकृत हुन सकेको छैन्, फाईल योजना आयोगमा पुगेर रोकिएको छ लम्सालले भने ।’ अघिल्लो आर्थिक वर्षमा सिमा नाका दशगजा देखि भन्सार तर्फको झन्डै ७ सय मिटर सडक चार लेनमा विस्तार भएपनि त्यसपछि बजार क्षेत्रमा के गर्ने भन्ने टुङ्गो नलाग्दा अलपत्र परेको थियो । महेशपुर बजार क्षेत्रमा सडक किनारामै घर सहितका संरचना भएकाले त्यसको टुङ्गो लगाउन स्थानिय जनप्रतिनिधिलाई जिम्मा दिईएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

बजार क्षेत्रबाटै सडक विस्तार गर्ने भन्ने मोटामोटि कुरा भएको छ, स्थानीय पालिका सहितका जनप्रतिनिधिले त्यसको टुङ्गो लगाएर सहमति गरेपछि मात्रै काम अगाडी बढ्छ लम्सालले भने । पाल्हीनन्दन गाँउपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ताले पालिकाले मात्रै चाहेर सडक आसपासका संरचना हटाउन नसक्ने भन्दै त्यसमा पहल भइरहेको बताए । ‘हामिले स्थानिय संग छलफल गरिरहेका छौ, सबैको सहमतिमा सडक बजार क्षेत्रबाटै सडक विस्तार हुन्छ अध्यक्ष गुप्ताले भने ।’

अहिले साघुरोँ र जिर्ण रहेको मुल भन्सार नाका संग जोड्ने उक्त सडक स्तरउन्नती सम्पन्न भएमा महेसपुर भन्सारको राजश्व संकलनमा समेत वृद्धि हुने प्रदेश सभा सदस्य वैजनाथ कलवारले बताए । महेसपुर भन्सारमा सडक लगाएतका पुर्वाधारको अभावमा राजश्व संकलनमा अपेक्षित सुधार हुन नसकिरहेको अवस्थामा सडक स्तरउन्नती हुन सके यस क्षेत्रको विकासमा ठुलो टेवा पुग्ने प्रदेश सांसद कलवारको भनाई छ । मुल भन्सार अगाडीकै सडक साघुरो र जिर्ण हुदा ठुला मालवाहक सवारी साधनहरू महेसपुर नाका हुदै आउजाउ गर्न असहज हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?