ट्रेंडिंग:

>> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद

धान बालीमा रोगको प्रकोप

१७ भाद्र २०८०, आइतबार
१७ भाद्र २०८०, आइतबार

पाल्पा, १७ भदौ ।

विगत वर्षको तुलनामा यसवर्ष कम र ढिलो वर्षा भएका कारण धानको उत्पादनमा ह्रास आउने संकेत देखा परेको छ । समयमा धान बालीमा विभिन्न रोग तथा किराका संक्रमणहरु देखा पर्न लागेको छ ।

यसपटक धान बालीमा सेतो गवारोको समस्या देखा परेको छ । यसले उत्पादनमा नराम्रोसँग असर पर्ने लक्षणहरु देखा परेको कृषकहरुको गुनासो रहेको छ । धान बालीमा एक्कासी सेतो गवारो देखा परेको र पालिकामा यस सम्बन्धी ज्ञान नभएको प्राविधिक नहुँदा समस्या परेको निस्दी गाउँपालिकाको मित्यालका पदम बहादुर सोती बताउँछन् ।

धान बालीमा यसपटक सेतो गवारो, कतै खैरो थोप्लो ब्लाष्ट जस्ता रोगहरु देखा परेको कृषकहरु बताउँछन् । रामपुर फाँटमा गवारो किरा देखिएपछि यसलाई नियन्त्रण गर्ने कार्यमा लागेको रामपुर नगर सरकारका प्रमुख रामहरी पाण्डे बताउँछन् । यसको समस्या लिएर आएका किसानहरुको सम्बन्धित क्षेत्रमा पुगेर निरीक्षण गरी निदानको लागि प्रकृया अगाडि बढेको छ । यसले यसपटक चिन्ता गर्ने गरी नोक्सान नगरेको प्रमुख पाण्डे बताउँछन् ।

यसपटक माडीफाँटमा खैरो थोप्लो देखा परेको कृषक देव बहादुर कुमाल बताउँछन् । “यसपटक पानी नआएका कारण धानको ब्याड राख्न ढिलो भयो । त्यसैले पनि उत्पादनमा कमी आउने भयो भन्ने थियो । त्यसैमाथि रोग देखा परेपछि टाउको नै समाउने बनाएको छ”–उनले भने–“धानमा यस्तो समस्या देखा परेको भनेर सुनाउन कहाँ जाने ?” एग्रोभेटमा गए विषादी ल्याएर राख्दा पनि कम नभएको उनले बताए । गाउँमा प्राविधिक नभएपछि कहाँ दु.ख भयो । आफ्नो जस्तै छिमेकीको खेतमा समेत त्यही समस्या भएको खण्डमा बाली भित्र्याउन नपर्ने भएको कुमाल बताउँछन् ।

अन्य वर्षको तुलनामा यस वर्ष १० प्रतिशत कम रोपाई भयो । मौसमले पनि बेमौसमी गरेको समयमा रोग तथा किराको आफु अनुकुल बनाउँदा कतै ब्लाष्ट, कतै खैरो थोप्लो, कतै सेतो गवारो देखिएको र औषधिको समेत प्रयोग गर्दा समेत रोग कम नभएको सम्बद्ध किसानहरु बताउँछन् ।

माडी, अर्गली, कचल, सर्देवा, पुर्वखोला, रामपुर जस्ता फाँटहरुमा धान खेती गरिदै आएको छ । तानसेन नगरको जरे पिपल क्षेत्रमा ब्लाष्ट, निस्दी, रैनादेवी गाउँपालिका क्षेत्रमा गवारो र खैरो थोप्ले रोग देखिएको छ । माडी फाँटमा गवारो देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

ज्ञान केन्द्रकी कामना अधिकारी भन्छिन्, धान वालीमा समस्या देखा पर्ना साथ सम्बन्धित क्षेत्रका प्राविधिकसंग समन्वय गरी नियन्त्रणका लागि प्रयास गरिएको छ । वर्षात राम्रोसंग भएको खण्डमा रोग आफै हराएर जाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?