ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

पहाडको कहरः बाँदरले निम्त्याउँदै बिनास

१७ भाद्र २०८०, आइतबार
१७ भाद्र २०८०, आइतबार

‘बाँदरले साह्रै सतायो, समयमा गास टिप्नु छैन, यस्तो तालले के गाउँमा बसेर कृषि गर्नु खै, यो बाँदर नियन्त्रण गर्नसके कति सुख हुन्थ्यो नि बरै, स्थानीय सरकारले बाँदर नियन्त्रण गर्न केही गर्दिए नि हुन्थ्यो नि ।’
माथिका गुनासो जनित वाक्यहरू आजकल पहाडी गाउँका अधिकांश कृषकहरूका आवाजहरू हुन् । यस्ता अनेकौं निराशाजनक कुराहरू गुन्जन्छन् गाउँमा आजकल । बाँदरले दुःख दियो, समस्या पर्यो भन्ने त धेरै छन् तर बाँदर नियन्त्रण गर्न अल्पकालीन तथा दीर्घकालीन योजना बनाउन भने खासै पहल भएको देखिन्न । केन्द्र, प्रदेश तथा स्थानीय तह तीनै तहको सदनदेखि सरकारसम्म बाँदर आतंक सम्बन्धि चर्चा भने भएकै हो तरपनि ठोस योजना बन्ने र समस्या समाधान गर्ने काम भने हुन सकेको छैन ।

अधिकांश पहाडी गाउँको अवस्थाः

नेपालको अधिकांश पहाडी भूगोल बिकासका पूर्वाधार निर्माणका दृष्टिकोणले कठिनप्राय छन् । अहिले धेरै ठाउँमा सडक सञ्जालले जोडिईसकेको भएतापनि बर्षायाममा भने धेरै सडक अबरुद्ध हुने, जोखिम मोलेर कष्टकर यात्रा गर्नुपर्ने बाध्यता भने धेरैजसो पहाडी बासिन्दालाई सामान्य भैसकेको छ । भलै सेवा प्रबाह र गुणस्तरमा प्रश्न गर्ने ठाउँ अवश्य होला तर सडक, बिजुली बत्ति, ईन्टरनेट, प्रत्येकक गाउँ बस्तीमा बिद्यालय, स्वास्थ्य संस्था लगायतका अधिकांश बिकासका पूर्बाधार हरेक गाउँमा पुगिसकेका छन् । धेरैजसो घरका आँगनमै मोटरसाइकल पुगेका छन्, खानेपानीको धाराहरू घरभित्रै खस्छन्, बिस्तारै सुविधाहरू गाउँघरमै पुग्दैछन् । वैदेशिक रोजगारीले जनताको क्रयशक्ति बढेको छ, धेरैजसो पुराना घरहरूपनि रंगीन जस्तापाताले रंगिएका छन् । बारी र खरबारीमा प्रसस्तै दाउरा हुनेहरूको घरमा पनि दाउरा भन्दा ग्याँस चुलो नै बढी जल्छ । यस्ता धेरै कुराहरू हेर्ने हो भने अब गाउँ बिस्तारै सुबिधा सम्पन्न हुँदैछ । तर, बिडम्बना भनौ वा अरू केही गाउँबाट बसाइँसराई भने रोकिएन, स्कुल जाने उमेर नभएका र केश पाकेका मान्छेहरूले प्राण दिएका छन् हाम्रा गाउँहरूलाई । आजकल हाम्रा गाउँहरू रित्तिदैँ छन्, बारीहरू बाँझिएका छन्, झाडीहरू बढ्दैछन्, टारी खेतहरू जंगलमा परिणत भैसके । त्यसैले गाउँ आजकल बिरामी छ । बिरामी गाउँलाई प्राण दिईरहेका हाम्रा बा–आमाका अनुहार मलिन बनाइदिने कारक बनेका छन् – बाँदर ।

बाँदर आतंक किन बढे होला ?

हुन त अन्य थुप्रै कारण होलान्, सम्बन्धित क्षेत्रका बिज्ञहरूले आ–आफ्ना तर्क राख्लान् तर मेरो बुझाईमा बाँदर गाउँ पस्नु र मकैबालीमा यति क्षति पुर्याउनुका केही कारणहरू यहाँ उल्लेख गरेको छु ।
१. सडक निर्माण गर्दा अधिकांश वर, पिपल, स्वामी र आँपजस्ता रुखहरू काट्नु जसका फल खाएर थुप्रो संख्यामा बाँदरहरू भुल्थे ।
२. जंगलमा पाइने रैथाने फलफूलहरू च्युरी, तिँजु, काफल, म्याल, फँडेलका रुखहरू काटेर बेच्नु जसले थुप्रै बाँदरहरूको भोक मेटाउँथे ।
३. सामुदायिक वनको अबधारणा आएपछि ठूला रुखहरू बेचिनु र पोथ्रा र झाडीहरू बढ्नु ।
४. जंगलको छेउँछाउँका बारीहरू बाँझा हुनु जसले बाँदरहरू भुलाउँथे ।
५. भान्सामा ग्याँसको प्रयोग बढ्दा दाउरा नकाटिनु, झाडी, पोथ्रा बढेर जंगली जनावरहरू लुक्ने ठाउँ बढ्नु ।
६. पशुपालन घटेर घाँस, स्याउला नकाट्दा झाडी÷जंगल बढ्नु ।
७. गाईबाख्रा चराउन बनजंगल नलैजाँदा, पहाडी बस्तीमा मानिसहरूको चहलपहल घट्दा जंगली जनावर गाउँ पस्न नडराउनु ।

बाँदर नियन्त्रणका उपायहरू के–के हुन सक्लान ?

कानुन, ठूला योजना वा भविष्यमा हुनसक्ने ठूला प्राबधान त कैयौं हुन सक्लान् तर स्थानीय तह वा गाउँहरू मिलेर केही पहलहरू गर्न सकिन्छ । जस्तैः
१. जंगलमा भएका म्यालको हाँगाहरूमा नास्पाती जोडिदिने, २–४ बर्षमै फल्न थाल्छन् ।
२. च्युरी, फँडेल, जाबुनका रुखहरू लगाउने, जोगाउने ।
३. भएका पिपल, वर, स्वामी, आँपका रुखहरू संरक्षण गर्ने, हुर्काउने ।
४. जंगल छेउछाउका बाँझिएको बारीहरूमा इस्कूस, केरा, अलिअली मकै, बोडी लगाईदिने ताकी बाँदरहरू तेतै अल्मलिउन् ।
५. गाउँका बाँझिएका टारी खेतहरू, बारीहरू सकेसम्म स्वयं जग्गाधनीले खेती गर्ने, नभए सामूहिक खेती गर्ने ।
६. बन तरुल, गिठा, भ्याकुर र वनमा फल्ने अन्य फलहरूको संरक्षण गर्ने ।
७. उच्च पहाडी भेगमा बृक्षारोपण गर्दा उत्तिस र सल्ला भन्दा फल लाग्ने बिरुवालाई प्राथमिकता दिने ।
८. ब्यक्तिगत÷ सामुदायिक बन, खरबारीमा समय समयमा झाडीहरू फडान गरि सफा बनाउने ।
९. घाँस, स्याउला, दाउराको उपभोग बढाउने ।
१०. कृषि सँगै पशुपालनलाई पनि जोड दिने ।
११. स्थानीय तहले बसाइँ सराईलाई सकेसम्म निरुत्साहित गर्ने ।
यसरी हामी सबैको सामूहिक प्रयास हुने हो भने बाँदर नियन्त्रणमा केही सहज पक्कै हुनसक्छ । तर हाम्रो समस्या एउटै छ, थाहा सबैलाई छ तर सुरुवात गर्ने, कार्यान्वयन गर्ने उत्साह र जाँगर कसैलाई छैन । हामी कुरा जान्ने तर काम नजान्ने बर्गमा पर्छौं । तैपनि गाउँ बचाउन, पहाड बचाउन केही त पक्कै गर्नैपर्छ ।

अहिलेका स्थानीय जनप्रतिनिधिले बाँदर नियन्त्रणमा केही देखाउन लायक पहल गर्ने हो भने २०८४ को चुनावमा उनीहरूलाई प्रचारप्रसार गर्न हिड्नै पर्ने थिएन होला । त्यसैले अब हामी सबैको सामूहिक प्रयास भनेको पहाडी जीवनशैलीलाई सकेसम्म सजिलो÷सुरक्षित बनाएर बढ्दो बसाइँसराई रोक्ने हुनुपर्छ ।

ब्यवस्था परिवर्तनको नाममा ल्याएको संघीयता र गाउँ गाउँमा सरकारको ब्यवस्थाले पनि बढ्दो बसाइँसराईलाई रोक्न सकेको छैन । किनकि गाउँमा जनताले सुरक्षित महसुस गर्न सकेका छैनन् । पहाडी जनताको मुख्य पेशा नै कृषि हो र बाँदर र बदेल आतंकले प्रताडित छन् कृषकहरू । त्यसैले पहाडी जग्गा जमिन बाँझो नराख्ने र फलेको खेती ढुक्कसँग भित्राउन सक्ने वातावरण बनाउनेतर्फ सबैको ध्यान जानु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?