Butwal Today

एमाले लुम्बिनी अधिवेशन : ओलीको निर्देशन अटेर गर्दै चुनाव हुने

१७ भाद्र २०८०, आइतबार
अ+
अ-

बुटवल,१७ भदौ । नेकपा एमाले लुम्विनी प्रदेश कमिटीको अध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित भएको छ।

शनिवार देखि सूरु भएको अधिवेशनको बन्द सत्र सकिएपनि नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन हुने पक्का भएको हो । मतदान भने भोलि हुने छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन र बन्द सत्रलाई सम्वोधन गर्दै सहमति गर्न आग्रह गरेका थिए । तर अध्यक्षका आकांक्षीहरु बर्तमान अध्यक्ष राधाकृष्ण कडेल र केन्द्रिय सदस्य हरि रिजालले एक आपसमा सहमति गर्न नमाने पछि निर्वाचन हुने निश्चित भएको हो।

आज बिहान अध्यक्ष पदका आकांक्षीहरुलाई बोलाएर अध्यक्ष केपी शर्मा ओलीले सहमती गरेर अगाडी जान आग्रह गरेका थिए । ओलीले पहिलो अधिवेशन भएकोले अन्य प्रदेशका लागि समेत सन्देश दिन आग्रह गरेका थिए।

महासचिव शंकर पोखरेलले केन्द्रिय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले बर्तमान अध्यक्ष राधाकृष्ण कडेललाई समर्थन गरेका छन्। यो संगै पार्टीका केन्द्रिय पदाधिकारी र सदस्यहरु समेत दुई भागमा बिभाजित भएको देखिन्छ।

पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीसंगै केन्द्रिय सदस्यहरु चेत नारायण आचार्य भुमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा खुलेरै लागेका छन् भने सचिव छविलाल बिश्वकर्मा तथा गोकर्ण बिष्ट, पोलिटब्युरो सदस्यहरु लिला गिरी,खिमलाल भटराई,दधिराम न्यौपाने लगायत कडेलको पक्षमा लागेका छन्।

कतिपय महाधिवेशन प्रतिनिधीहरुले उक कार्यकाल राधाकृष्ण जस्तो ईमान्दार नेतालाई काम गर्न दिनुपर्ने बताएका छन्।

कंडेल जस्ता ईमान्दार नेतालाई फालेर केन्द्रिय सदस्य भई सकेको मान्छेलाई प्रदेश अध्यक्ष बनाउनु काम गरि रहेको मान्छेलाई फाल्नु न्याय नहुने अर्घाखांचीका एक सहभागीले भने।
पाल्पाका प्रतिनिधी गुरास आत्रेयले राधाकृष्ण कडेलको सांगठनिक नेतृत्वका कारण प्रदेशमा पार्टी संगठन बलियो भएको बताए।