© 2026
चन्द्रौटा, १६ भदौ । सितोरियो कराँते संघ लुम्बिनी प्रदेशको अध्यक्षमा सन्तोष सिंह चयन भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–५, चन्द्रौटामा शनिबार भएको संघको प्रथम अधिवेशनबाट सिंहको नेतृत्वमा १५ सदस्यीय प्रदेश समिति गठन भएको संघले जनाएको छ ।
जसको उपाध्यक्षमा जित बहादुर चौहान, कृष्णकुमार घर्ती मगर, सचिवमा मोहलाल थापा, कोषाध्यक्षमा सुनिता सुनार थारु चयन भएको हुन् । यसैगरी सितोरियो कराँते संघ लुम्बिनी प्रदेशको बैंठकले ७ सदस्यीय केन्द्रिय प्रतिनिधि समेत छनोट गरेको छ । जसमा पदम बहादुर बस्नेत, रामु सुनार, कृष्ण देबकोटा, रिना राना, हरि बहादुर घर्ती, प्रेम बहादुर राना, र खुम बहादुर ब्याम्बो चयन भएको छन् ।
राष्ट्रिय खेलकुद परिषद लुम्बिनी प्रदेशका सदस्य सचिव जय प्रकाश भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सितोरियो कराँते संघको परिधिभित्र रहि काम गर्न आग्रह गरे । आगामी दिनमा कराँते खेललाई वडा स्तरबाटै विकास गर्नुपर्ने बताउँदै निर्वाचित पदाधिकारीलाई शुभकामना उनले व्यक्त गरे ।
यसैबीच नेपाल कराँते महासंघका केन्द्रीय सदस्य अमिर राइ, नेपाल कराँते महासंघ लुम्बिनी प्रदेश अध्यक्ष पदम बहादुर बस्नेत, प्रदेश सचिव रामु सुनार, बाँकेका मुख्य प्रशिक्षक कृष्ण बहादुर चौधरी, मुख्य प्रशिक्षक माधब जिल्ला खेलकुद बिकास समिति कपिलवस्तुका प्रमुख मीन प्रसाद पोख्रेल, घिमिरे, कपिलवस्तु जिल्लाका कराँते प्रशिक्षक हेमन्त श्रेष्ठ लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।