ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

राजधानीको आँगनमा

१६ भाद्र २०८०, शनिबार
१६ भाद्र २०८०, शनिबार

तिम्रो राजधानीको आँगनमा आइपुगेको छु म ।
तिमीले आफ्नो मात्रै ठान्ने यो राजधानी जति तिम्रो हो, त्यति नै मेरो पनि हो ।
किनभने जति यो धर्ती तिम्रो हो, त्यति नै मेरो पनि हो । जति यो आकास तिम्रो हो, त्यति नै मेरो पनि हो । यो धर्तीको उज्यालो जति तिम्रो हो, त्यति नै मेरो पनि हो ।
तर जुगजुग देखि धर्तीको उज्यालोमाथि तिमीले मात्रै रजगज ग¥यौ । त्यो उज्यालोको उपभोग तिमीले मात्रै ग¥यौ । त्यो उज्यालोलाई तिमीले आफ्नो बपौती बनायौ ।

अनि न प्रमिथस सहयोद्घाहरूले काल्पनिक स्वर्गबाट आगो खोस्न शुरु गरेको संघर्षमा म होमिएँ । तिमी मेरो संघर्षले डरायौ । र, उज्यालो प्राप्तिका लागि लड्दा लड्दै आफै तारा बनेका शहीदहरूको बलिदानमाथि सत्ताको अहोरात्र परेड खेल्यौ । तिम्रो त्यो परेड असह्य भएपछि तिनै शहीदको शालिकबाट निस्केर म राजधानी आएको हुँ ।
इतिहासको गर्तमा विस्मृत बेपत्ताहरूको चिहानबाट निस्केर म राजधानी आएको हुँ ।

सत्ता प्राप्त गर्न र सत्तामा टिकिरहनका लागि तिमीले राजधानीको रातो रगतलाई कोकाकोला बनाइदिएका छौ । राजधानीको तातो रगतलाई चिसो बनाइदिएका छौ । त्यसैले कैयौं हिउँदभरि तापेर तिमीले बिर्सी हिंडेको ‘बुके विश्वकर्मा बाजे’ को रातो तातो आरन लिएर आएको छु ।
हेर, म तिम्रो राजधानीको आँगनमा आइपुगेको छु ।
कुनै बेला मुक्ति युद्घको तीव्रतम लहर र नदीको उर्लदो लहरलाई तिमीले एउटै देख्थ्यौ तर राजधानी पस्ने हतारमा तिमीले छली हिँडेका थियौं सानी भेरीको लहरलाई । बिर्सी हिँडेका थियौ ठूली भेरीको लहरलाई । राजधानी पुग्ने हतारमा कर्णाली तरेपछि हातको लौरो कर्णालीकै किनारमा फालेर हिँडेका थियौ ।

मैल सानी भेरी र ठूली भेरीको छुटेको त्यही लहरलाई लिएर आएको छु । कर्णाली किनारको त्यही परित्यक्त लौरो लिएर आएको छु ।
हेर, म तिम्रो राजधानीको आँगनमा आइपुगेको छु ।

मुक्ति गीत तिमीलाई साह्रै सुमधुर लाग्थ्यो । गाउँ बस्तीको गीत साह्रै मीठो लाग्थ्यो । सुकुम्वासी बस्तीका गीतमा तिमीले जीवनको असली गीत पाउँथ्यौ । अनि तिमीले पनि त कम्ती मीठो गीत गाउँथ्यौ ? तर तिमी राजधानी पुग्ने हतारमा गाउँदा गाउँदैको गीत छोडेर हिँडेका थियौ । मैले तिमीले छोडी हिँडेको त्यही गीत लिएर आएको छु । त्यही प्रिय गीतको झन्झनाउँदो झङ्कार लिएर आएको छु ।
सत्ताको निरन्तरको कल्याङबल्याङमा अभ्यस्त छौ तिमी । मान्छेको आवाज सुन्न धौ हुन्छ तिमीलाई । तर सुन ! कान थापेर सुन ! त्यो गीतसँग सँगै मैले गण्डकीको गर्जिंदो सङ्गीत लिएर आएको छु । स्वतन्त्रताको अपरिभाषित आलाप लिएर आएको छु !

म तिम्रो राजधानीको आँगनमा आइपुगेको छु ।

तिमी देश बनाउन आफ्नै पाखुरी चल्नु पर्छ भन्थ्यौ । अर्काको भर परेर हुन्न भन्थ्यौ । बाटा बनाउँथ्यौ । स्कूल बनाउँथ्यौ । सामूहिक खेतीमा संलग्न हुन्थ्यौ । मान्छेमा जोश जागर भथ्र्यौ । कर्मशील हातहरू नै निर्माणका आधार हुन् भन्थ्यौ । विदेशी सहयोगमा अन्तरनिहीत स्वार्थ के हो भनेर अर्थ लगाउँथ्यौ । र, विदेशीको षडयन्त्रप्रति सदा सजक देखिन्थ्यौ ।
आफूसँग देश बनाउने नक्शा छ भन्थ्यौ । देश बनाउने भाषा छ भन्थ्यौ । खाका छ भन्थ्यौ । तर राजधानी पुग्ने हतारमा शायद तिमीले देश बदल्ने खाका यतै कतै छोडेर गयौ । अनि देश बनाउन विदेशीको अघि हात जोड्ने भयौ । दुःखिया किसानहरूको औजारबाट, अवसरबाट वञ्चित विद्यार्थीहरूको आकाङ्क्षाबाट, असक्त वृद्घहरूका अनुहारका चाउरीबाट, विधवा चेलीहरूको रित्ता सिउँदोबाट एक एक गर्दै टिपेर देश बदल्ने त्यही खाका लिएर आएको छु ।

हेर, म तिम्रो दरबारको आँगनमा आइपुगेको छु ।
सत्ताको लागि मदारीले नचाएको बाँदरजस्तै जुनसुकै भाव र ढंगमा नाँचिरहेका छौ तिमी । निर्लिप्त भावमा नाचिरहेका छौ । नाचको हरेक स्टेपमा उता गाउँमा देशको आँखाबाट एक एक थोपा आँसु खस्छ । यता शहरमा देशको छातीमा आक्रोशको ज्वाला बल्छ । ताराहरूको प्रकाश मलीन हुन्छ । बलिदानको आकाशमा तिमीले छोडी हिंडेका तिनै ताराहरूको उज्यालो लिएर म आएको छु ।
थाहा छ–तिमी जुन धर्तीमा नाचिरहेका छौ, ठीक त्यही धर्तीमुनि ज्वालामुखीको अनन्त स्रोत छ । म त्यही ज्वालामुखीको ताप लिएर आएको छु । नाबालक ‘दिलबहादुर रम्तेल’को रक्तले सिंचिएर हुर्केका राता गुलाफहरूको एक गुच्छा बोकेर आएको छु । म आएको छु, ज्वालामुखीको अंश लिएर आएको छु ।

हेर, म तिम्रो दरबारको आँगनमा आइपुगेको छु ।
तिम्रा बिकासे डोजरहरूले गाउँ गाउँमा भत्काउँदै हिँडेका चौतारीहरू बनाउन गाउँलेहरूलाई हाँक हालेर आएको छु । चेतनाका तिनै चौतारीहरूमा मुक्तिगीतलाई फेरि गुञ्जाउने महान् सूचना लिएर आएको छु ।
दूर गाउँको इच्छाहरू टिप्दै हिँडेको इच्छा हुँ म । सुकुम्वासी बस्तीबाट उठेको आवाज टिपेर हिँडेको इच्छा हुँ म । पिँधका मानिसहरूको भरोसिला मिथकहरू संगालेर हिँडेको इच्छा हुँ म ।
म मुक्ति–इच्छाको आवृत्ति हुँ ।
पृथ्वीबाट दुःखको बीउ हटाउने इच्छाको अनवरत् पुनरावृत्ति हुँ ।
म तिम्रो राजधानी आइपुगेको छु । म तिम्रो दरबारको आँगनमा आइपुगेको छु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?