Butwal Today

बालरोग सम्बन्धी अभिमुखीकरण

१६ भाद्र २०८०, शनिबार
अ+
अ-

बुटवल, १६ भदौ ।

नेपाल स्वास्थ्य प्राबिधिक संघ जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा बालरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

देउराली जनता फर्मास्युटिकल्स प्रालिको सहयोगमा तिलोत्तमामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा आम्दा अस्पतालका बरिष्ठ बाल रोग विशेषज्ञ डा. सन्तोष पोख्रेलले बालरोगसम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा संगठनका केन्द्रीय सचिव राधा आचार्यले संगठनले बालरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिंदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन् ।

त्यस अवसरमा संस्थाका अध्यक्ष इश्वरी पौडेल, कार्यक्रम संयोजक गणेश पाण्डेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।