Butwal Today

देशको सार्वभौमिकताका विषयमा प्रधानमन्त्री चुके : बास्कोटा

१६ भाद्र २०८०, शनिबार
अ+
अ-

बुटवल, १७ भदौ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालको सार्वभौमिकताका विषयमा प्रधानमन्त्री प्रचण्ड आफै चुकेको भन्दै गम्भीर प्रश्न उठाएका छन् ।

उनले भनेका छन्–प्रम प्रचण्ड भारत जानुअघि भारतले नेपालका केही भूभाग समेटेर अखण्ड भारतको नक्सा ल्यायो । प्रमले भने–सम्बन्धका कारण म बोलिन।अहिले प्रमको चीन भ्रमणको मुखैमा चीनले नेपालको पछिल्लो नक्लासाई वास्तै नगरी आफ्नो नक्सा ल्यायो। के प्रम त्यहाँ पनि मौनरुसम्बन्धका नाममा चेपुवामा देश हुन सक्दैन।’
बास्कोटाले नेपालले गौरवका साथ बनाएको चुच्चे नक्सालाई चीनले उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

ट्वीटरमा आफ्नो धारणा राख्दै नेता बास्कोटाले सम्बन्धका नाममा स्वाभिमानी र स्वतन्त्र देश चेपुवामा रहन नसक्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?