ट्रेंडिंग:

>> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस

इन्धनमा बढाएको मूल्य तत्काल फिर्ता लिन नागरिक समाजको माग

१६ भाद्र २०८०, शनिबार
१६ भाद्र २०८०, शनिबार

दाङ, १६ भदौ ।

नेपाल आयल निगमले हालै अस्वाभाविक रुपमा इन्धनको मुल्य बढाएको प्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालीको भान्सा यसैपनि महंगो भएको बेलामा ढाड सेक्ने गरी निगमले खाना पकाउने एलपी ग्यासको बढाएको मुल्य तत्काल फिर्ता लिन माग समेत गरेको छ ।

समाजका संयोजक केबी मसाल र सचिव नारायणप्रसाद श्रेष्ठले शनिबार एक विज्ञप्ति जारी गर्दै जनजीविकाका बारेमा गम्भीर बन्नुको साटो आम नागरिकलाई दुख दिने काम नगर्न अपिल गरेका छन् ।

‘महंगीका कारण यसै पनि साँझ बिहानको छाक टार्न समस्यामा रहेको आम नेपालीको भान्साका बारेमा सोँच्नु पर्ने बेलामा सरकारले एकै पटक ग्यासको उच्च मुल्य वृद्धि गरिनु गरिब जनता मार्ने काम हो’, विज्ञप्तिमा भनिएको छ ‘जनताको बारेमा सरकारले तत्काल सोचोस् र वृद्धि गरिएको इन्धनको मुल्य फिर्ता लेओस् ।’

बढ्दो बेरोजगारी, आर्थिक संकटका कारण समस्या बढेको बेला इन्धनको मुल्य वृद्धिले आम नागरिक, विद्यार्थी, मजदुर वर्ग सबैभन्दा बढी मारमा परेको स्मरण गराईएको छ । इन्धनको मुल्य वृद्धिको असर घरको चुलोदेखि बजारको हरेक बस्तुमा प्रत्यक्ष अप्रत्यक्ष परेको र यसले आगामी दिनमा ठूलो असन्तुलन ल्याउने हुँदा समयमै सरकारलाई सचेत बन्न नागरिक समाजले आग्रह गरेको छ ।

आयल निगमले स्वचालित प्रणाली भन्दै शुक्रबारबाट लागु हुने गरी सबै प्रकारका इन्धनको मुल्य बढाएको छ । निगमले खाना पकाउने ग्यासमा एकैपटक २ सय ३५ रुपैयाँ मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय ९५ पुगेको छ । यसअघि ग्यास सिलिन्डरको १ हजार ६ सय ६० थियो । यसैगरी पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल÷मट्टितेलमा ३ रुपैयाँ बढाइएको छ । योसँगै पेट्रोल प्रतिलिटर १ सय ८२ र डिजेल÷मट्टितेल प्रतिलिटर १ सय ७० पुगेको छ । यसअघि पेट्रोल १ सय ७८ र डिजेल÷मट्टितेल १ सय ६७ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?