ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

८० जनालाई जल उद्दार नमुना अभ्यास

१६ भाद्र २०८०, शनिबार
१६ भाद्र २०८०, शनिबार

कपिलवस्तु, १६ भदौ ।

सशस्त्र प्रहरी बलको नेतृत्वमा कपिलवस्तुको जगदिशपुरमा जल उद्दार (सेमुुलेसन) अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेड क्वाटर कपिलवस्तुको आयोजनामा कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदिशपुर तालमा जल उद्दार नमुना अभ्यास सम्बन्धी कृत्रिम घटना अभ्यास गराइएको हो ।

बिपतको पुर्व तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सिसम १५ सशस्त्र प्रहरी निरिक्षक आधारभुत तालिमका प्रशिक्षार्थीहरु युनिट अट्याच्मेन्टको क्रममा नम्बर २८ गणमा आउने क्रममा प्रशिक्षार्थी सहितको टोलीलाई नमुना अभ्यास गराईएको थियो ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिश्ठान मातातिर्थबाट आएका ६ जना सशस्त्र प्रहरी निरीक्षकका प्रशिक्षार्थीको साप्ताहिक बिपद व्यवस्थापन अनुशिक्षणको अवसर पारेर अभ्यास गराइएको हो । अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका ५०, नेपाली सेनाका १५ र नेपाल प्रहरीका १५ जना गरि ८० जनाको टोलीलाई गणका सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले उद्दार अभ्यास गराएका थिए । नमुना अभ्यासमा पानीमा डुबेको व्यक्तिलाई कसरी जिवितै उद्दार गर्ने, उद्दार पश्चातको प्राथमिक उपचार, आवश्यक तयारी र घटना व्यवस्थापन बारे जनचेतनामुलक क्रियाकलाप गरिएको थियो ।

सो क्रममा अभ्यासमा सहभागी प्रशिक्षार्थीले जिल्ला सुरक्षा समिति र जिल्ला बिपद व्यवस्थापन समितिसँग अन्तत्र्रिmया गरेका थिए । सो क्रममा आएका जिज्ञासाहरु बारे प्रजिअ शंकरहरी आचार्य, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, कपिलवस्तु अस्पतालका मेसु डा. बिपिन जयसवाल, रेडक्रस कपिलवस्तु शाखाका महामन्त्री सन्तोष कुमार श्रीवास्तव लगायतले बिभिन्न सुझाव दिएका थिए । सशस्त्र प्रहरीले बलले भुकम्प, बाढी पहिरो लगायतका विपदमा अग्रपंक्तिमा रहेर उद्दार तथा विपदको पुर्व तयारीमा उदाहरणीय कार्य गर्दै आएको प्रजिअ शंकरहरी आचार्यले बताए । विपदको पुर्व तयारीको कार्यले विपद जोखिम न्युनीकरणमा सहयोग मिल्ने पत्रकार महासंघका शाखा अध्यक्ष किरणमान बज्राचार्यले बताए । जिल्लामा हुने सबै खाले विपदको न्युनीकरणमा पुर्व तयारीका लागि सशस्त्र प्रहरी तयारी हालतमा रहेको र अभ्यासले थप सहयोग पुगेको सशस्त्र प्रहरी बल नेपाल नं.२८ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक जिवन केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?