Butwal Today

वर्षाले अवरुद्ध भारत र पाकिस्तानको खेल

१६ भाद्र २०८०, शनिबार
अ+
अ-

काठमाण्डौ, १६ भदौ । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण अवरुद्ध छ । वर्षाका कारण खेल पटकपटक रोकिएको छ । खेल ११.२ ओभरको खेल सकिएपछि खेल पुनः स्थगित गरिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले खेल अवरुद्ध हुँदासम्म ३ विकेट गुमाएर ५१ रन बनाएको छ । भारतका कप्तान रोहित शर्मा ११, विराट कोहली ४ र शुभमन गिल ६ रन बनाएर आउट भए । श्रेयस ऐयर १४ र इसान किसान २ रन बनाएर क्रिजमा छन् ।

पाकिस्तानका सहिन साह अफ्रिदीले २ र हरिस रउफले एक विकेट लिएका छन ।