ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

रुपन्देहीको जनउत्थान र काभ्रेको चण्डेश्वरी सहकारीले पाए एक्सेस सिल्भर ब्राण्ड

१६ भाद्र २०८०, शनिबार
१६ भाद्र २०८०, शनिबार

बुटवल,१६ भदौ । रुपन्देहीको जनउत्थान वचत तथा ऋण सहकारी संस्था (साकोस) र काभ्रेको चण्डेश्वरी साकोसले एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरेका छन् ।
एशियाली ऋण महासंघ आकु र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजनामा सञ्चालनमा रहेको ए वान कम्पेटिटिभ च्वाइस फर एक्सिलेन्स इन सर्भिसेस एण्ड साउण्डलेसमा सन २०२३ को अन्तिम परीक्षणमा जनउत्थान र चण्डेश्वरी उत्कृष्ट हुंदै एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएका हुन् ।

सहकारी क्षेत्रमा यो ब्राण्ड प्राप्त गर्नु भने संस्था हरेक हिसाबले सुरक्षित, सुदृढ र विश्वसनीय रहेको प्रमाण हो । ब्यालेन्स स्कोर कार्डमा आधारित ४ वटा परिवेशहरु क्रमशः वित्तीय, सदस्य, आन्तरिक व्यवसायिक र सिकाई एवं वृद्धिका कुल ८६ वटा सूचकहरुमा कार्यसम्पादनको परिणामहरु प्रस्तुत गरेपछि सोको आधारमा सुपरिवेक्षकीय परीक्षण हुँदै एशियाली ऋण महासंघबाट अन्तिम परीक्षणपश्चात यो ब्राण्ड प्रमाणीकरण गरिन्छ । यस गुणस्तर सुनिश्चितता मापदण्डको परीक्षणमा सहभागी हुन शुद्ध संस्थागत पूँजी कम्तिमा ५ प्रतिशत, भाखा नाघेको ऋण ५ प्रतिशतभन्दा कम र पर्ल्स मापदण्ड बमोजिम आवश्यक सुरक्षण कोष कायम गरिएको थियो । हरेक परिवेशमा कम्तिमा ५० प्रतिशत अंकभार प्राप्त हुनुपर्ने थियो भने सुशासन, व्यवस्थापकीय कुशलता एवं प्रभावकारिता, दुरदृष्टि, ध्येय, उद्देश्य एवं स्पष्ट रणनीतिक व्यवसायिक मार्गचित्र, फिट एण्ड प्रोपर टेस्ट, सदस्य सन्तुष्टी, प्रविधिको प्रयोग, भौतिक सुरक्षाका मानक एवं पर्ल्स मापदण्ड बमोजिमका वित्तीय मानकहरुको कायम जस्ता मुख्य परीक्षणका सूचकहरुमा दुबै संस्थाहरुले अब्बल परिणाम हासिल गरेका छन् ।

४० हजार ६०० भन्दा बढी सदस्यहरु र ३ अर्ब ३३ करोडको कारोबार भएको जनउत्थानको शुद्ध संस्थागत पूँजी ८.१९ प्रतिशत रहेको छ । १० वटा सेवा केन्द्र र ८ वटा संकलन केन्द्रमार्फत सदस्यहरुलाई सेवा प्रदान गरिरहेको यो सहकारीले विशेषतः लघु उद्यम व्यवसायहरुमा ऋणहरु प्रदान गरेको छ । विषम परिस्थितीमा पनि निरन्तर सदस्यको हितमा काम गरिरहेको सहकारीले कोभिडको समयमा कृषकहरुको उत्पादन बजारीकरणको लागि कृषि एम्बुलेन्स समेत सञ्चालन गरेको थियो । यस संस्थाको कुल बचतमध्ये ४१.५ प्रतिशत नियमित मासिक बचत रहेको छ भने कुल धन सिर्जना गर्ने बचतको भार ५६.८ प्रतिशत रहेको संस्थाका व्यवस्थापक रनबहादुर थापाले बताए ।

९ हजार १ सय २२ सदस्य र १ अर्ब २९ करोडको वासलात भएको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको शुद्ध संस्थागत पूँजी १०.३१ प्रतिशत रहेको छ । शहरी क्षेत्रमा पनि साझा बन्धन कायम गर्दै स्थानीय समुदायमा कारोबार गरिरहेको यस संस्थाले हायरपर्चेज ऋण र व्यवसायिक ऋणहरुलाई प्राथमिकतामा राखेको छ । कुल बचतको २७ प्रतिशत धन सिर्जना गर्ने बचत रहेको यस संस्थामा कुल बचतको १७ प्रतिशत नियमित मासिक बचत रहेको छ ।

दुवै संस्थाले नविनतम प्रविधिहरुमा जोड दिँदै मोबाईल बैंकिङ, क्यु आर कोड, एटिएमको सुविधा प्रदान गर्नुको साथै सदस्यहरुमा प्रविधि सुरक्षा तथा प्रयोग सम्बन्धी साक्षरतामा जोड दिएका छन् । संस्थाले सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउन उद्यमशिलता विकास तालिम एवं असल वित्तीय अभ्यासको लागि वित्तीय साक्षरतालाई विशेष जोड दिएका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?