ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

यो आन्दोलनलाई हिन्दु राज्य पुनःस्थापनामा पुगेर टुङग्याउनुपर्छ -राप्रपा अध्यक्ष लिङदेन

१६ भाद्र २०८०, शनिबार
१६ भाद्र २०८०, शनिबार

बुटवल, १६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेलले देशमा अहिले चलेको आन्दोलन हिन्दु राज्य पुनःस्थापनामा पुगेर टुङयाउनुपर्ने बताएका छन । बुटवलमा गोरक्षा बृहत्त शान्ती रयालीलाई सम्बोधन गर्दै उनले हिन्दु राष्ट्र पुनस्थापना र गौमाताको रक्षाको मुद्या राप्रपाले मात्र उठाउदै आएको बताए । धर्मनिरपेक्षताको नाममा हिन्दु समाजलाई अपमानित गर्ने काम भएको भन्दै उनले यसको बिरुद्ध जागरण आउनु सकारात्मक भएको बताए । नेपालमा ८१ प्रतिशत भन्दा धेरै मानिसहरु जन्म, कर्मले हिन्दु, ९ प्रतिशतभन्दा बढी बुद्ध धर्म र ३ प्रतिशत किरात धर्ममा विश्वास राख्नेहरु बसोबास गर्ने रहेको भन्दै ओमकार परिवार सधै एकजुट भएर लाग्नुपर्ने बताए । देशभर जागरणमा अभियानमा आफुहरुको एकवद्धता रहेको बताए ।

कोणसभामा राप्रपाका उपाध्यक्ष रबिन्द्र मिश्रले देशमा हिन्दु राष्ट्र हुदा आफनै परिचय भएको र कुनै धार्मिक विभाजन नदेखिएको दाबी गरे । नेपालमा भएको राजनीतिक परिवर्तनको समयमा कुनै पनि कुनै समझदारी वा सम्झौतामा हिन्दु राज्य खारेज गर्ने र हिन्दु धर्मनिरपेक्ष बनाउने कुरा नरहेको दाबी गर्दै देशमा जातीय द्धन्द्ध सृजना गर्ने गलत मनासाय राख्न नहुने बताए ।

कोणसभामा ज्ञानेन्द्र शाहीले नेपालमा ९४ प्रतिशत बैदिक हिन्दु सनातन बसोबास गर्ने देशलाई हिन्दु राष्ट्र देश नेपाललाई धर्मनिरपेक्ष बनाएको प्रति सन्तुष्ट नभएको बताए । विश्वका धेरै धार्मिक राष्ट्रहरुको उदाहरण दिदै उनले हिन्दु धर्मावलम्बीहरु रहेको देश भएको भन्दै धर्मनिरपेक्षताको केही अराजतक तत्वहरु गौमाताको हत्याको विषय गलत भएको बताए । उनले अरुको धर्मको बिरोध नगर्ने तर हाम्रो धर्ममाथि धावा बोले खम्बा बनेर उभिने बताए । सडकमा रहेका गौमातालाई ब्यवस्थापनमा आफुहरु लाग्ने उनले प्रतिवद्धता जनाए ।

बुटवलको राजमार्ग चौराहबाट निस्केको शान्ती रयालीमा सहभागीहरुले गौहत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर भन्ने नारासहित मिलनचोक, बसपार्क, अस्पताल लाईन हुँदै ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले हिन्दु विरोधीहरु होसियार रहन आग्रह गरे । साथै उनले गौहत्या बन्द गर्न र देशलाई हिन्दु राष्ट्र कायम गर्न माग समेत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?