Butwal Today

गणपति तेल मिलमा आगलागी

करीब दुई करोड रुपैयाभन्दा बढी क्षति भएको अनुमान
१६ भाद्र २०८०, शनिबार
अ+
अ-

दाङ, १६ भदौ । तुलसीपुर उपमहानगरपालिका–६ मा स्थित गणपति तेल मिलमा आगलागी भएको छ । आज बिहान साढे २ बजेको समयमा तेल मिलमा आगलागी भएको हो । आगलागी भएको झण्डै एक घण्टापछि मात्र थाहा पाएको सञ्चालक हिमाल बस्नेतले बताए ।

लगत्तै ठूलो संख्यामा स्थानीयबासिन्दा, पानी ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

आगलागीबाट करीब दुई करोड रुपैयाभन्दा बढी क्षति भएको अनुमान छ । आगलागीको कारण अझै खुलेको छैन । उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो । बस्नेत तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन ।