Butwal Today

एमालेमा गुट बनाउने छुट कसैलाई छैन: गोकर्ण विष्ट

१६ भाद्र २०८०, शनिबार
अ+
अ-

बुटवल, १६ भदौ ।

नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेभित्र कुनै समूह बनाउने छुट कसैलाई नभएको बताएका छन् ।

एमालेको लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन सत्रमा आफ्नो धारणा राख्दै उनले एकतामै पार्टी र देशको भविष्य रहेको भन्दै कुनै नाममा पार्टीभित्र समूह, गुट बनाउने छुट नभएको बताएका छन् ।

‘एमालेका दुई नेताको विवादलाई जोडेर मिडियामा आयो, एमालेका आम कार्यकर्तामाथि यो विश्वास हुने कुरा हुँदैन, पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यो देशवासीमाथि बेइमानी हुनेछ, कार्यकर्ताले एकता खोजेको छ, कुनै समूह खोजेको छ, यसमा कसैलाई छुट हुनेछैन । ’ उनले भने ।

उनले एमालेलाई स्पष्ट बहुमतलाई ल्याउन अब कसैले रोक्न नसक्ने बताउँदै देशको नेतृत्व गर्न अब अन्य शक्तिको विकल्प नभएको बताए