Butwal Today

भोजपुरको तुङगेछा केन्द्रबिन्दु भएर भूकम्प

१५ भाद्र २०८०, शुक्रबार
अ+
अ-

काठमाडौं, १५ भदौ ।

भोजपुर जिल्लाको तुङगेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ : ११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियो।

पछिल्लो समय नेपालका पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्र मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?