ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सैनामैनामा गाईजात्रा मनाईयो

१५ भाद्र २०८०, शुक्रबार
१५ भाद्र २०८०, शुक्रबार

बुटवल, १५ भदौ ।

अधिकांश स्थानमा बिहीबार गाईजात्रा पर्व मनाइएको भएपनि रुपन्देहीको सैनामैनामा भने शुक्रबार मात्र गाइजात्रा (सापारु) पर्व धुमधामका साथ मनाइएको छ । साउन शुक्ल पुर्णिमाको भोलिपल्ट प्रतिपदा तिथिमा नेवाः समुदायले बिगत १ वर्षमा मृत्यु भएका मृतक परिवारको सदस्यको स्मरणमा गाईजात्रा अर्थात सापारु जात्रा प्रदर्शन गरेर मृतकको आत्माको चिरशान्तिको कामना गर्दछन् ।

सैनामैना नेवाः समाजको आयोजनामा सम्पन्न भएको सो गाईजात्रा (सापारु) मा स्थानीय नेवार समुदायका परिवारमा बिगत १ बर्षमा निधन भएका आफन्तको स्मरण र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै प्रदर्शन गरिएको थियो । स्थानीय अमृत श्रेष्ठको घरमा गतबर्ष दुईमहिना मात्रको फरकमा निजको आमा र निजको कान्छो छोराको निधन भएको सम्झनामा सैनामैना ३ हाटबजार लाईनबाट (सापारु) गाईजात्रा स्वरुप निर्गुण यात्रा निकालिएको थियो । यस्तै अन्य परिवारबाट पनि सापारु प्रदर्शन गरिएको थियो ।

सैनामैना ३ मुर्गियास्थित दुर्गाभवानी मन्दिरमा विशेष पुजाको समेत आयोजना गरी बिभिन्न झाँकी सहितको सापारु प्रदर्शन गरिएको हो । सैनामैना नेवा समाजका सचिव खिम श्रेष्ठका अनुसार बिभिन्न घरबाट निकालिएका गाईजात्रा सहितको निर्गुन यात्रा मन्दिरमा पुगेपछि बिशेषरुपले तयार पारिएको सापारु प्रदर्शन गरिन्छ । यसपछि सामुहिक रुपमा मुर्गियाका बिभिन्न स्थानमा परिक्रमा गरि सापारु समापन गरिएको सचिव श्रेष्ठले बताए ।

सो अवसरमा बुटवलस्थित तिलोत्तमा नेवाः समाज र सैनामैनास्थित सत्यसाई केन्द्रका तर्फबाट निर्गुण प्रस्तुत गरिएको थियो भने सहभागीहरुलाई टिका, दक्षिणा, प्रसाद, सगुन आदि वितरण गरिएको थियो ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?