ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पितृको सम्झना गर्दै बुटवलमा सापारु (फोटो फिचरसहित)

१५ भाद्र २०८०, शुक्रबार
१५ भाद्र २०८०, शुक्रबार

बुटवल, १५ भदौ ।

बुटवलका नेवार समुदायले पितृको सम्झना गर्दै सांस्कृतिक पर्व गाईजात्रा मनाईएका छन् । वर्षदिनभरिमा मृत्यु भएका आफन्तको सम्झनामा झाँकी निकालेर भजन गाउदै नगर परिक्रमा गरी शुक्रबार गाईजात्रा (सापारु) मनाईएका हुन् ।

नेवा सेवा समिति बुटवलको आयोजनामा संस्थाको देविनगरस्थित भवनबाट सामूहिक रुपमा सपारु निकालिएको थियो । मृतकका परिवारका सदस्यहरु भगवान र जोगीका भेषमा सजिएर भजन गर्दै मिलनचोक, पारी बुटवल, निमचोक हँुदै जनविनायक मन्दिर पुगेका थियो । नेवारी परम्परा र संस्कार जगेर्ना गर्ने उद्देश्यका साथ संस्थाबाट विगत लामो समयदेखि सपारु निकाल्दै आएको समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले बताए ।

नेवारहरूको मौलिक पर्व र विशेष महत्व राख्ने हुदा यसको संरक्षणका लागि आफुहरुले संस्थागत रुपमा काम गर्दै आएका उनले बताए । वर्षदिनभित्र मृत्यु भएका समितिका सदस्यहरुको परिवारबाट जात्रा निकालिएको उनले बताए । जात्रा बुटवलको पुरानो ऐतिहासिक मन्दिर जलबिनायक पुगेर समापन भएको थियो ।

समितिका सचिव लक्ष्मण श्रेष्ठले सामूहिक रुपमा चाडपर्व मनाउने परम्पराको राम्रो थालनी भएको बताए । यस क्षेत्रका नेवार समुदायबीचमा एकता ल्याउने र आर्थिक रुपमा समेत मितब्ययी बनाउन मद्दत मिलेको उनले बताए ।

गाईजात्राका दिन नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी भजनकिर्तनका साथ नगर परिक्रमा गर्दै देवालय पुग्ने र फर्किएर घरमा आई विसर्जन गर्ने परम्परा छ । यसरी नगर परिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । साँस्कृतिक रुपमा धनि मानिने नेवार समुदायमा वर्षभरि नै धेरै चाडपर्वहरु मनाउने गर्दछन् । गाईजात्रालाई सापारु भनेर पनि मनाउने गरिन्छ । दिवङ्गत भएका आफन्तको सम्झनामा निकालिने गाईजात्रामा सहभागी बासा, जोगीसहितलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहेको छ । जुन कामको ब्यवस्थापन सामुहिक रुपमा समाजले गर्दै आएको छ ।

नेपाली समाजमा गाईजात्रा व्यंग्य गर्ने दिनको रुपमा समेत परिचित छ । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ । यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अझै पनि जारी छ ।

भिडियो सामग्री

आफन्तको सम्झना: भगवान र जोगीको भेषभुषामा सजिएर नगर परिक्रममा गर्दै स्थानीय मृतकका आफन्तहरु बालबालिकाहरु । तस्विर : स्वस्तिक श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?