ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

श्रीमतीको विश्वास जित्न ‘टाटु’

शरीरका विभिन्न भागमा टाटु खोप्ने विश्वब्यापी चलन हो । नेपालमा पनि टाटु खोप्ने चलन बढेसँगै टाटु आर्टको व्यावसायिकता पनि पछिल्लो समय बढेको छ ।
१४ भाद्र २०८०, बिहीबार
१४ भाद्र २०८०, बिहीबार

काठमाडौं, १४ भदौ ।

रुपन्देही सैनामैना ८ का विनोद श्रेत्रीले दाहिने हातको पाखुरा मा श्रीमतीको टाटु बनाएका छन् । उनले त्यही टाटुलाई नयाँ रुप समेत दिएका छन् त्यसको वरपर अरु आकृति खोपेर । टाटुका सौखिन विनोद वैदेशिक रोजगारीको शिलशिलामा बिगत केही वर्षदेखि इजरायलमा रहेकी श्रीमतीको सम्झनामा उनको चित्र टाटुमा उतारेको बताउँछन् ।

श्रीमान श्रीमतीको माया र सम्बन्ध थप सुमधुर हुने भन्दै उनले टाटु खोपेको सुनाए । उनले भने, ‘टाटु मलाई साह्रै मन पर्छ । श्रीमतीको टाटु बनाएको छु । त्योसँगै पुरै हातभरि अन्य कलाकृतिले भर्दैछु ।’

हातमा टाटु बनाएर आफु युनिक भएको महशुस गर्नुका साथै श्रीमतीको टाटुले माया, विश्वास र सम्बन्ध थप प्रगाढ हुने विश्वास छ । उनले भने, उनले भने, ‘दुरीले टाढा छौं । उनको चित्र शरीरमा उतार्दा आफुसँगै भएको अनुभुति हुन्छ । साँच्चै भन्नुपर्दा श्रीमतीको माया र विश्वास जित्नकै लागि उनको चित्र पाखुरामा उतारेको हो ।’

सुनवलकी अनिता सापकोटाले देब्रे हातको नाडीमा लभको चिन्ह बनाएर फेमिली लेखेकी छन् । साथै उनको नाडीमा ऊँँँँँँँँँँँँ समेत छ । टाटु बनाउनु उनको सौख हो । उनी भन्छिन्, ‘सौख पनि पुरा हुने, परिवारसँगको आत्मियता र सामिप्यता पनि प्रकट हुनुका साथै आध्यात्ममा पनि रुची भएकाले ऊँ को चित्र उतारेको हो ।’ एकपटक खोपेपछि जीवनभरि रहने सजिलै हटाउन नमिल्ने भएकाले पनि धेरै सोचेर टाटु बनाएको उनले बताइन् । ‘टाटु जीवन्त रहने, आफ्नो जीवनको अन्तिम समयसम्म सम्झनाका लागि बनाइने भएकाले बनाउनु अगाडि सोचेर बनाउनुपर्छ’, उनले भनिन् ।

शरीरका विभिन्न भागमा टाटु खोप्ने विश्वब्यापी चलन हो । नेपालमा पनि टाटु खोप्ने चलन बढेसँगै टाटु आर्टको व्यावसायिकता पनि पछिल्लो समय बढेको छ । शरीरको विभिन्न भागको छालामा विभिन्न आकृतीलाई कलात्मक ढंगले उतार्ने कला नै टाटु हो । समय फेसनको छ । बिशेषगरी युवा पुस्ताको फेसन बनेको छ टाटु । उनीहरु टाटुलाई फेसनको रुपमा स्वीकार गरिरहेका छन् । आफुलाई अलि युनिक र स्मार्ट देखाउन साथै केही सम्बन्ध वा वस्तुप्रतिको प्रेम प्रकट गर्न टाटु बनाउने चलन बढेको टाटु आर्टिष्ट बताउँछन् ।

नेपालका थारु समुदायमा शरीरका विभिन्न अंगमा विशेष गरेर फूल, चरा, माछा, मयुर लगायत आकृती खोप्ने चलन धेरै पहिलेदेखि थियो । जसलाई थारु भाषामा ‘गोदना’ गर्ने भनिन्छ । थारु समुदायमा गोदना नगरे बिहे गरेर श्रीमानको घरमा गएपछि पानी नचल्ने भएकाले छोरी अनिवार्य गोदना गर्नुपर्ने चलन छ । यो चलन अहिले भने परिमार्जित र आधुनिक भएर सहरी संस्कृतिका रूपमा युवाले अँगालेको टाटु आर्टिष्ट विशालजंग थापा बताउँछन् । विगत दश वर्षदेखि टाटु आर्टिष्टका रूपमा काम गर्दै आएका उनले टाटु हाम्रो आफ्नै संस्कृती र परम्परा भएको यो आयातित संस्कृती नभएको दाबी समेत गरे ।

उनले भने, ‘कुनै समय टाटु पुरुषले मात्र बनाउने भन्ने चलन थियो, तर अहिले त्यो अवस्था छैन, धेरै परिवर्तन भएको छ । अहिले आमासँगै छोराछोरी टाटु बनाउन आउँछन् । एउटै डिजाईनको टाटु बनाउने भनेर परिवार नै आउँछन् ।’ नेपाल घुम्न आउँदा नेपाली कलालाई नै शरीरमा खोपेर जाने विदेशी पनि धेरै छन् । त्यस्तै बिदामा नेपाल आएका नेपालीले पनि फर्कदा टाटु बनाएर फर्कने गरेका छन् । उनीहरूको रोजाइमा विशेषगरी काल भैरव, भैरवी, गणेश, हनुमान, महाकाली, बुद्ध, लट्टे शिव लगायत आर्ट पर्ने गरेको छ । आफ्नो रुची अनुसार यसलाई प्रयोग गर्न सकिन्छ । टाटु आर्टिष्टले भगवानदेखि खेलाडीसम्म, विभिन्न आकृतीदेखि कला–संस्कृतिसम्मलाई शरीरमा कलात्मक ढंगले प्रस्तुत गर्छन् । आफूलाई मनदेखि नै मन परेका विषयलाई टाटु आर्टिष्टमार्फत शरीरमा प्रतिबिम्बित गर्न पाउँदा टाटुप्रेमीहरू पनि उत्साहित हुन्छन् । कतिपय व्यक्तिले प्रदर्शनकै लागि टाटु खोपाउँछन । उनीहरू आफ्नो टाटु प्रदर्शन गर्दै अरूको ध्यान खिच्न खोज्छन् । कोही सम्झनाका लागि टाटु बनाउँछन । उनीहरू आफ्नो टाटुको प्रदर्शन गर्दैनन्, स्पेशल व्यक्ति अथवा आफैले हेर्नका लागि टाटु बनाउँछन । गोप्य अंग वरिपरी टाटु खोपाउनेहरू पनि उत्तिकै छन् । कतिपयले बढी मात्रामा देखिने शरीरको भागमा टाटु खोपाउने गरेका छन् । मान्छेका भावना, विचार अनि सम्बन्ध जनाउने खालका वस्तु अनि व्यक्तिका आकृतिका टाटु बनाए राम्रो हुने उनको सुझाव छ ।

सामान्य टाटु बनाउँदा २५ सय रुपैयाँदेखि माथि समय, डिजाईन् हेरेर खर्च लाग्ने विशाल बताउँछन् । एउटा हातभरि खोपेको ४० हजारसम्म लिने गरेको बताउँछन् । ‘टाटु बनाउँदा प्रयोग गरिने रङ र निडल ब्यक्ति पिच्छे परिवर्तन गर्नुपर्दछ । ‘एउटालाई प्रयोग गरेको अर्कोलाई गर्नु हँुदैन,’ उनले भने । उनका अनुसार टाटु हानेपछि पानी, घाम, धुलोबाट बचाउनुपर्छ । एक सातासम्म राम्रो हेरचाह गरेपछि खासै समस्या नआउने उनी बताउँछन् । टाटु बनाउँदा कालो, हरियो, रातो, नीलो रङको धेरै प्रयोग गरिने उनी बताउँछन् ।

‘परिवारले अहिलेसम्म राम्रो सहयोग गरेको भएर नै म टाटु आर्टिस भएँ,’ उनले भने, ‘कामप्रति सन्तुष्ट पनि छु ।’ पहिला टाटुलाई नकारात्मक रूपमा हेरिए पनि हिजोआज बिस्तारै सोच परिवर्तन भएको उनको भनाई छ ।

टाटु बिजमा आउने ग्राहकलाई सोचविचार गरी आफूलाई पछि असर नपर्ने खालको आकृृती खोपाउनुपर्ने सुझाव दिन्छन् । टाटु आर्टिष्ट समिर श्रेष्ठ भन्छन्, ‘एक पटक खोपेपछि मेट्न गाह्रो हुने । रेजर गरेर मेट्नुपर्ने भएकाले पछि सम्मलाई सोचेर खोपाउनुपर्छ ।’ पछिल्लो समय खोपाउन आउने धेरैले टाटुको डिजाइन आफै लिएर आउने उनी बताउँछन् । ‘इन्टरनेटको प्रयोगले मनपर्ने डिजाइनको आर्ट सजिलै पाइन्छ, आफै डिजाइन लिएर आउँछन्,’ उनले भने । पहिलाको तुलनामा टाटुको फेसन बढिरहेको छ् । टाटुमा विशेष गरी किशोरकिशोरीको आकर्षण रहेको तर, जुनसुकै उमेर समूहका आउँछन् । उनीहरूले बनाउने टाटु पनि अर्थपूर्ण हुने गरेको छ । ‘आफ्नो जीवनमा अर्थ राख्ने खालका आकृती बनाउने प्रवुत्ती धेरै छ । टाटु त्यस्तै अर्थपूर्ण बनाउनु नै राम्रो हुन्छ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?