Butwal Today

वर्षा सकिएपछि लाखौं जनता सडकमा उतार्छौं : प्रधानमन्त्री

१४ भाद्र २०८०, बिहीबार
अ+
अ-

बुटवल,१४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई सफल बनाउन जनता सडकमा उतारिने पनि बताएका छन् ।

‘वर्षा सकिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रिय जनजिविका, सामाजिक न्याय र भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाइदिने उनको दावी छ ।
समाजवादी मोर्चाले बिहीबार सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई सडकमा नल्याइ सरकारले मात्रै गर्देला र खाउँला भन्यो भने त्यो भुल हुने बताए ।

जनता सडकमा आएकैले संविधान मिचेर विघटन गरिएको संसद पुनर्स्थापना हुन सफल भएको उनको तर्क थियो। प्रधानमन्त्रीले नेकपा एमालेमा धांजा फाटेको र जुनसुकै बेला विष्फोट हुनसक्ने दावी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?