ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

प्रदेशकै धज्जी उडाउँदै आलिसान महल !

१४ भाद्र २०८०, बिहीबार
१४ भाद्र २०८०, बिहीबार

प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूका लागि काठमाण्डौंको भैसेपाटीमा ठडिएका आलिसान महललाई लिएर अहिले सामाजिक सञ्जाल लगायत आमसञ्चार माध्यमहरूमा चर्को आलोचना भएको छ । त्यसै त संघीयताले मुलुकलाई बोझ बनाईरहेको छ ।

सातवटा प्रदेशको अतिरिक्त खर्चको बोझ र दायित्वले सरकारमात्रै मुलुक नै आर्थिक संकटको अवस्थामा छ । त्यसमाथि आइतबार ललितपुरको भैँसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवासले मुलुकमाथि अतिरिक्त भारमात्रै थोपरेको छैन, संघीयतामाथि पनि गंभीर प्रहार गरेको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सम्वन्धित प्रदेशमै निवासको ब्यवस्था गर्नु मनासिव हो । संघीय राजधानीमै उनीहरूलाई आलिसान महल चाहिएको हो भने प्रदेश किन चाहिएको ? आम नेपालीजनले अहिले यही प्रश्न गरिरहेका छन । त्यसै त प्रदेशप्रति जनताको बितृष्णा बढ्दै गएको छ । संघीयता अर्थात प्रदेश आवश्यक छ कि छैन ? भन्ने बिषयमा जनमत संग्रह गर्ने हो भने दुई तिहाई बढी नेपाली जनताले संघीयता खारेज गर्नुपर्ने पक्षमा मतदान गर्नेछन् ।

संघीय शासन व्यवस्थाको ६ बर्षको अनुभवले संघीयता नेपाली जनताका लागि शुभ नरहेको धेरैको निष्कर्ष छ । त्यसमाथि हालै कोशी प्रदेशमा भएको सत्ताको खेलले संघीयताप्रति जनतामा ठूलो असन्तुष्टी पैदा गरेको छ । त्यसमाथि सरकारले काठमाडौंमा बनाएको निवासले संघीयताप्रति ठूलो बितृष्णा उत्पन्न गर्ने देखिएको छ । मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाण्डौंमै आलिसान बंगला किन चाहियो ? यसको औचित्य पुष्टी गर्नुपर्दछ । नेपाली जनताको मेहनत र परिश्रममाथि भएको धेरै धेरै दुरूपयोगले आम नेपाली जनतामा चिन्ता थपिएको छ । ती महल हस्तान्तरण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बडो ढुक्क तरिकाले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि बढाउने बताउनु भयो । प्रधानमन्त्रीले मुलुकलाई स्थिरता, स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेको उल्लेख त गर्नुभयो तर संघीय राजधानीमा मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई आलिसान महल बनाएर के सुशासन प्राप्त हुन्छ ?

के नेपाली जनताले अझै राहत पाउँछन ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ । भवन हस्तान्तरण समारोहमा उपस्थित मुख्यमन्त्री र प्रदेश प्रमुखहरूले बडो गर्बका साथै तालाचाबी बुझिरहँदा जनताले पाईरहेको सास्ती र हैरानीको ख्यालै गरेनन् । करोडौं रूपैया खर्च गरि निर्माण गरिएका निवासले संघीयता नेपालका लागि वास्तवमै अफापसिद्ध हुँदैछ भन्ने तर्क गर्नेहरूलाई मसला दिएको छ । त्यसै त मुलुक आर्थिक संकटमा छ । त्यसमाथि मुलुकमा विकास निर्माणका काम ठप्प छन् । युवाहरू विदेशिन बाध्य भएका छन । उद्यमी व्यापारीमाथि चर्को कर थोपर्दा व्यवसाय बन्द गर्न बाध्य छन् ।

जे कुरामा पनि कर उठाउने प्रवृत्तिले नेपालीमाथि आर्थिक दायित्व र बोझ थपिएको छ । जन्मँदा कर, विवाह दर्तामा कर, डिभोर्स गर्दा कर, मृत्यु हुँदा कर ! जतापनि करै कर । जनतालाई चुसेर नेता मोटाउने, कर्मचारी मोटाउने, जनता सिटामोल खान नपाउने हाम्रो देशको यही दुर्दशा हो । मुलुक आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई संघीय राजधानी काठमाण्डौंमा आलिसान बंगला बनाएर सरकारले संघीयताको बडो गजबको अभ्यास सुरू गरेको छ । यसले प्रदेश संरचनालाई गिज्याएको छ । बिनासकाले बिपरित बुद्धि भनेको यही हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?