ट्रेंडिंग:

>> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन

श्रीमतीको विश्वास जित्न ‘टाटु’

शरीरका विभिन्न भागमा टाटु खोप्ने विश्वब्यापी चलन हो । नेपालमा पनि टाटु खोप्ने चलन बढेसँगै टाटु आर्टको व्यावसायिकता पनि पछिल्लो समय बढेको छ ।
१४ भाद्र २०८०, बिहीबार
१४ भाद्र २०८०, बिहीबार

काठमाडौं, १४ भदौ ।

रुपन्देही सैनामैना ८ का विनोद श्रेत्रीले दाहिने हातको पाखुरा मा श्रीमतीको टाटु बनाएका छन् । उनले त्यही टाटुलाई नयाँ रुप समेत दिएका छन् त्यसको वरपर अरु आकृति खोपेर । टाटुका सौखिन विनोद वैदेशिक रोजगारीको शिलशिलामा बिगत केही वर्षदेखि इजरायलमा रहेकी श्रीमतीको सम्झनामा उनको चित्र टाटुमा उतारेको बताउँछन् ।

श्रीमान श्रीमतीको माया र सम्बन्ध थप सुमधुर हुने भन्दै उनले टाटु खोपेको सुनाए । उनले भने, ‘टाटु मलाई साह्रै मन पर्छ । श्रीमतीको टाटु बनाएको छु । त्योसँगै पुरै हातभरि अन्य कलाकृतिले भर्दैछु ।’

हातमा टाटु बनाएर आफु युनिक भएको महशुस गर्नुका साथै श्रीमतीको टाटुले माया, विश्वास र सम्बन्ध थप प्रगाढ हुने विश्वास छ । उनले भने, उनले भने, ‘दुरीले टाढा छौं । उनको चित्र शरीरमा उतार्दा आफुसँगै भएको अनुभुति हुन्छ । साँच्चै भन्नुपर्दा श्रीमतीको माया र विश्वास जित्नकै लागि उनको चित्र पाखुरामा उतारेको हो ।’

सुनवलकी अनिता सापकोटाले देब्रे हातको नाडीमा लभको चिन्ह बनाएर फेमिली लेखेकी छन् । साथै उनको नाडीमा ऊँँँँँँँँँँँँ समेत छ । टाटु बनाउनु उनको सौख हो । उनी भन्छिन्, ‘सौख पनि पुरा हुने, परिवारसँगको आत्मियता र सामिप्यता पनि प्रकट हुनुका साथै आध्यात्ममा पनि रुची भएकाले ऊँ को चित्र उतारेको हो ।’ एकपटक खोपेपछि जीवनभरि रहने सजिलै हटाउन नमिल्ने भएकाले पनि धेरै सोचेर टाटु बनाएको उनले बताइन् । ‘टाटु जीवन्त रहने, आफ्नो जीवनको अन्तिम समयसम्म सम्झनाका लागि बनाइने भएकाले बनाउनु अगाडि सोचेर बनाउनुपर्छ’, उनले भनिन् ।

शरीरका विभिन्न भागमा टाटु खोप्ने विश्वब्यापी चलन हो । नेपालमा पनि टाटु खोप्ने चलन बढेसँगै टाटु आर्टको व्यावसायिकता पनि पछिल्लो समय बढेको छ । शरीरको विभिन्न भागको छालामा विभिन्न आकृतीलाई कलात्मक ढंगले उतार्ने कला नै टाटु हो । समय फेसनको छ । बिशेषगरी युवा पुस्ताको फेसन बनेको छ टाटु । उनीहरु टाटुलाई फेसनको रुपमा स्वीकार गरिरहेका छन् । आफुलाई अलि युनिक र स्मार्ट देखाउन साथै केही सम्बन्ध वा वस्तुप्रतिको प्रेम प्रकट गर्न टाटु बनाउने चलन बढेको टाटु आर्टिष्ट बताउँछन् ।

नेपालका थारु समुदायमा शरीरका विभिन्न अंगमा विशेष गरेर फूल, चरा, माछा, मयुर लगायत आकृती खोप्ने चलन धेरै पहिलेदेखि थियो । जसलाई थारु भाषामा ‘गोदना’ गर्ने भनिन्छ । थारु समुदायमा गोदना नगरे बिहे गरेर श्रीमानको घरमा गएपछि पानी नचल्ने भएकाले छोरी अनिवार्य गोदना गर्नुपर्ने चलन छ । यो चलन अहिले भने परिमार्जित र आधुनिक भएर सहरी संस्कृतिका रूपमा युवाले अँगालेको टाटु आर्टिष्ट विशालजंग थापा बताउँछन् । विगत दश वर्षदेखि टाटु आर्टिष्टका रूपमा काम गर्दै आएका उनले टाटु हाम्रो आफ्नै संस्कृती र परम्परा भएको यो आयातित संस्कृती नभएको दाबी समेत गरे ।

उनले भने, ‘कुनै समय टाटु पुरुषले मात्र बनाउने भन्ने चलन थियो, तर अहिले त्यो अवस्था छैन, धेरै परिवर्तन भएको छ । अहिले आमासँगै छोराछोरी टाटु बनाउन आउँछन् । एउटै डिजाईनको टाटु बनाउने भनेर परिवार नै आउँछन् ।’ नेपाल घुम्न आउँदा नेपाली कलालाई नै शरीरमा खोपेर जाने विदेशी पनि धेरै छन् । त्यस्तै बिदामा नेपाल आएका नेपालीले पनि फर्कदा टाटु बनाएर फर्कने गरेका छन् । उनीहरूको रोजाइमा विशेषगरी काल भैरव, भैरवी, गणेश, हनुमान, महाकाली, बुद्ध, लट्टे शिव लगायत आर्ट पर्ने गरेको छ । आफ्नो रुची अनुसार यसलाई प्रयोग गर्न सकिन्छ । टाटु आर्टिष्टले भगवानदेखि खेलाडीसम्म, विभिन्न आकृतीदेखि कला–संस्कृतिसम्मलाई शरीरमा कलात्मक ढंगले प्रस्तुत गर्छन् । आफूलाई मनदेखि नै मन परेका विषयलाई टाटु आर्टिष्टमार्फत शरीरमा प्रतिबिम्बित गर्न पाउँदा टाटुप्रेमीहरू पनि उत्साहित हुन्छन् । कतिपय व्यक्तिले प्रदर्शनकै लागि टाटु खोपाउँछन । उनीहरू आफ्नो टाटु प्रदर्शन गर्दै अरूको ध्यान खिच्न खोज्छन् । कोही सम्झनाका लागि टाटु बनाउँछन । उनीहरू आफ्नो टाटुको प्रदर्शन गर्दैनन्, स्पेशल व्यक्ति अथवा आफैले हेर्नका लागि टाटु बनाउँछन । गोप्य अंग वरिपरी टाटु खोपाउनेहरू पनि उत्तिकै छन् । कतिपयले बढी मात्रामा देखिने शरीरको भागमा टाटु खोपाउने गरेका छन् । मान्छेका भावना, विचार अनि सम्बन्ध जनाउने खालका वस्तु अनि व्यक्तिका आकृतिका टाटु बनाए राम्रो हुने उनको सुझाव छ ।

सामान्य टाटु बनाउँदा २५ सय रुपैयाँदेखि माथि समय, डिजाईन् हेरेर खर्च लाग्ने विशाल बताउँछन् । एउटा हातभरि खोपेको ४० हजारसम्म लिने गरेको बताउँछन् । ‘टाटु बनाउँदा प्रयोग गरिने रङ र निडल ब्यक्ति पिच्छे परिवर्तन गर्नुपर्दछ । ‘एउटालाई प्रयोग गरेको अर्कोलाई गर्नु हँुदैन,’ उनले भने । उनका अनुसार टाटु हानेपछि पानी, घाम, धुलोबाट बचाउनुपर्छ । एक सातासम्म राम्रो हेरचाह गरेपछि खासै समस्या नआउने उनी बताउँछन् । टाटु बनाउँदा कालो, हरियो, रातो, नीलो रङको धेरै प्रयोग गरिने उनी बताउँछन् ।

‘परिवारले अहिलेसम्म राम्रो सहयोग गरेको भएर नै म टाटु आर्टिस भएँ,’ उनले भने, ‘कामप्रति सन्तुष्ट पनि छु ।’ पहिला टाटुलाई नकारात्मक रूपमा हेरिए पनि हिजोआज बिस्तारै सोच परिवर्तन भएको उनको भनाई छ ।

टाटु बिजमा आउने ग्राहकलाई सोचविचार गरी आफूलाई पछि असर नपर्ने खालको आकृृती खोपाउनुपर्ने सुझाव दिन्छन् । टाटु आर्टिष्ट समिर श्रेष्ठ भन्छन्, ‘एक पटक खोपेपछि मेट्न गाह्रो हुने । रेजर गरेर मेट्नुपर्ने भएकाले पछि सम्मलाई सोचेर खोपाउनुपर्छ ।’ पछिल्लो समय खोपाउन आउने धेरैले टाटुको डिजाइन आफै लिएर आउने उनी बताउँछन् । ‘इन्टरनेटको प्रयोगले मनपर्ने डिजाइनको आर्ट सजिलै पाइन्छ, आफै डिजाइन लिएर आउँछन्,’ उनले भने । पहिलाको तुलनामा टाटुको फेसन बढिरहेको छ् । टाटुमा विशेष गरी किशोरकिशोरीको आकर्षण रहेको तर, जुनसुकै उमेर समूहका आउँछन् । उनीहरूले बनाउने टाटु पनि अर्थपूर्ण हुने गरेको छ । ‘आफ्नो जीवनमा अर्थ राख्ने खालका आकृती बनाउने प्रवुत्ती धेरै छ । टाटु त्यस्तै अर्थपूर्ण बनाउनु नै राम्रो हुन्छ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?