ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
सल्यानमा चार लाख बाख्रापालनः

एकै वर्षमा ७० करोडको खसीबोका निकासी

१४ भाद्र २०८०, बिहीबार
१४ भाद्र २०८०, बिहीबार

सल्यान, १४ भदौ । सल्यान जिल्ला बाख्रा पालनका लागि उपयुक्त ठाउँ हो । यहाँका किसानहरूको घर घरमा बाख्रा पालन गर्ने गरेका छन् । पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानका अनुसार जिल्लामा चार लाख भन्दा बढी संख्यामा बाख्रा पालन हुदै आइरहेको छ । र यहाँबाट एक वर्षको अवधिमा ७० करोड भन्दा बढिको खसीबोका जिल्ला बाहिर निकासी भएको तथ्यांक छ । गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लाबाट ७० करोड भन्दा बढिको खसीबोका जिल्ला बाहिर निकासी भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

कार्यलयका अनुसार ५७ करोडको खसी बोका निकासी भएको रेकर्ड भएपनि दुईवटा स्थानीय तहको डाटा आई नपुगेकाले ७० करोडको खसी बोका निकासी भएको अनुमान गरिएको हो । गत आर्थिक बर्ष २०७८/०७९ मा जिल्ला बाट ५३ करोड भन्दा बढिको खसी बोका जिल्ला बाहिर निकासी भएकोमा यस बर्ष बढेको पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानका प्रमुख गोबिन्द महतले जनाए । ५७ करोड कार्यलयमा रेकर्ड भएपनि ७० करोड भन्दा बढिको निकासी भएको अनुमान गरिएको उनको भनाई छ ।

सल्यानको खसी बोका काठमाण्डौ, पोखरा, धनगढी लगायतका प्रमुख शहरहरूमा बढि माग हुने गर्दछ । सल्यानको खसी बोका भनेपछि अन्य जिल्लाको तुलनामा व्यापारीहरूले बढि मुल्य हाल्ने गरेको पाईएको छ । जंगलमा घाँससँग सँगै जडिबुटिहरू पनि खाने भएकाले निरोगी, स्वस्थ र खानका लागि राम्रो हुने भएकाले व्यापारीहरूले सल्यानको खसीबोका भनेपति अन्य जिल्लाको तुलनामा बढि मुल्य हाल्न कुनै कन्जुस्याई गर्दैनन् ।

बाख्रापालनलाई बढवा दिन प्रदेश सरकार र स्थानिय तहले एक पालिका एक पशु बस्तु कार्यक्रम मार्फत बाख्रा वितरण गर्दै आएका छन् । जिल्लामा व्यवसायिक बाख्रा पालन फस्टाउदै गएका कारण पनि खसीबोका निकासी हुने क्रम बढी रहेको छ । प्रत्येक घरले सामान्यया ३ देखि ५ ओटासम्म बाख्रा पालन गर्दै आइरहेको प्रमुख मतको भनाई रहेको छ ।

ब्यवसायिक वाख्रा पालनका लागि कृषकहरूलाई आकर्षित गर्न गत वर्षसम्म पशु, सेवा कार्यालयबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो । बाख्रापालन प्रवद्र्यनका लागि बाखा्र वितरण, उन्नत जातका बोका खरिद, खोर निर्माण लगायतका कार्यक्रम सञ्चालन गरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका सुचना अधिकारी बिरेन्द्र केसीले जानकारी दिए । साना किसान र व्यवसायिक किसानलाई वर्गिकृत गरी खोर सुधार अनुदान, वजारिकरणका लागि संकलन सहजिकरण, संक्रामक रोग विरुद्ध निशुल्क खोप सेवा लगाएत प्राविधिक सहयोग गर्ने गरेकोे उनको भनाई छ । जिल्लाबाट कपुरकोट, सल्लीबजार, कालिमाटी रामपुर लगायतका नाकाबाट खसीबोका निकासी हुने गरेको सुचना अधिकारी केसीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?