ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य
एसिया कपको शुभारम्भमा पाकिस्तानको सामना गर्दै नेपाल

नेपाली फ्यानहरु उत्साही, ठाउँठाउँमा ठुलो स्क्रीन लगाईदै

१३ भाद्र २०८०, बुधबार
१३ भाद्र २०८०, बुधबार

बुटवल, १३ भदौ । नेपाली क्रिकेट फयानहरु एसिया कपको उद्घाटन खेलको ब्यग्र प्रतिक्षामा छन । ऐतिहासिक खेलका रुपमा नेपाली क्रिकेट टिमले पहिलोपटक खेल्न लागेको ठुलो प्रतियोगिता भएकाले पनि सम्पुर्ण नेपालीका लागी यो गौरवको क्षण हो । पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा नेपालले पाकिस्तानसंग उद्घाटन खेलमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे प्रतिस्प्रर्धा गर्ने छ । प्रतिक्षाको घडी कम हुदै जादा फयानमा थप उत्साह र आफनो टिमप्रतिको सर्पोट सामाजिक संजालमा रंगाएको भेटिन्छ ।

रुपन्देहीका क्रिकेटप्रेमीहरु आजको खेल समुहमा बसेर वा चोकचोकमा सर्वसाधारणको पहुचमा पुग्ने गरि ठुलो स्क्रीन बोर्ड लगाएर प्रत्यक्ष प्रशारण गर्ने तयारीमा जुटेका छन । बुटवलको सबैभन्दा धेरै मानिसहरुको भिड हुने चोकमध्येको एक देविनगर चौपारीमा वेष्ट्रन क्रिकेट एकेडेमीको पहलमा प्रोजेक्टरबाट लाईभ गर्ने तयारी छ । नेपाली टिमको ऐतिहासिक खेललाई प्रत्यक्ष देखाउने ब्यवस्था गर्न लागेको एकेडेमीका संचालक भुवन पाण्डेले बताए । देविनगर चौपारीमा १५ बाई १५ फुटको स्क्रिनमा देखाईने उनले बताए । ‘नेपालमा क्रिकेटप्रतिको क्रेज छ ।’—उनले भने । धेरै सर्वसाधारण जो क्रिकेट लाईभ हेर्न चाहन्छन उनीहरुलाई लक्षित गरी निशुल्क देखाउन लागेको उनले बताए । प्रत्यक्ष प्रशारणको लागि वल्र्डलिंकले सहकार्य गरेको उनले बताए ।

यता रुपन्देहीका अधिकाश रेष्टुरेन्टहरुमा ठुलो स्क्रिनमा क्रिकेट लाईभको ब्यवस्था गरिएको छ । गोलपार्कस्थित लेभिस रेष्टुरेन्टमा एलईडीबाट क्रिकेट खेलको प्रत्यक्ष प्रसारण गर्न लागेको बुटवल क्रिकेट विकास समितिका उपाध्यक्ष, खेलप्रेमी तथा रेष्टुरेन्ट ब्यवसायी रोमित बज्राचार्यले बताउछन । युवाहरुमा बढ्दो क्रिकेट क्रेज र नया पुस्ताको मागलाई बुझेर सेवाको ब्यवस्था गरिएका उनले बताए । ९ बाई ९ फिटको स्क्रिन राखिएको उनले बताए । यो खेलमा जितहारभन्दा पनि नेपाली क्रिकेटको उपलब्धिलाई हामीले गौरवका रुपमा लिनुपर्ने उनको धारणा छ ।
योगीकुटीस्थित होटल पौवामा पनि प्रत्यक्ष प्रसारणको तयारी गरेको छ । मौसम अनुकुल भए प्रोजेक्टरबाट बाहिर १५ बाई १५ फुटको स्क्रिनमा र पानी पर्ने जस्तो भए १२ बाई ८ फुटको भित्री ठुलो हलमा देखाउने तयारीमा रहेको होटलका बिएन निशान खरेलले बताए । हलमा ३ सय जना अट्ने क्षमता रहेको छ ।

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले अधिकास होटलहरुमा प्रत्यक्ष प्रसारण गर्ने बताए । होटलहरुमा आर्कषणका रुपमा ठुलो स्क्रिन अनिवार्यजस्तो भएको भन्दै फुटबल, क्रिकेटका ठुला प्रतियोगिता हुदा ब्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने गरेको उनले बताए । रुपन्देहीको भैरहवा, मणीग्राम लगायतका ठाउमा पनि स्थानिय खेलप्रेमीहरु ठुलो स्क्रिनमा प्रत्यक्ष प्रसारण हेर्ने तयारीमा छन ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो । अर्कोतर्फ पाकिस्तान दुई पटक एसिया कपको उपाधि विजेता समेत हो । गत अप्रिल–मेमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको हो । यूएई र हङकङ सम्मिलित प्रतियोगितामा नेपाल च्याम्पियन भएर प्रतियोगिताका लागि छानिएको हो । यसअघिको एसिया कपमा युएई र हङकङले खेलेका थिए ।

नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टोलीको कप्तानी भने बाबर आजमले गर्नेछन् । पाकिस्तान आईसीसी एकदिवसीय वरियतामा शीर्ष स्थानमा छ । त्यस्तै भारत तेस्रो स्थानमा छ भने नेपाल वरियतामा १५ औँ स्थानमा छ । ६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । भदौ ३१ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतबीचको खेल भदौ १८ गते श्रीलंकाको काण्डीमा हुनेछ ।

प्लेइङ ११

नेपाल – कुशल भुर्तेल, आसिफ सेख (विकेटकिपर), भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।
पाकिस्तान – बाबर आजम (कप्तान), सदाब खान (उपकप्तान), फकर जमान, इमाम–उल–हक, सलमान अली अघा, इफ्तिखर अहमद, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद नवाज, नसिम साह, साहिनसाह अफ्रिदी, ह्यारिस रौफ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?