ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो

१३ भाद्र २०८०, बुधबार
१३ भाद्र २०८०, बुधबार

काठमाडौं, १३ भदौ  ।

डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा २० हजार १४५ जनामा पुष्टि भएको छ।

अहिलेसम्म १३ जना सङ्क्रमितको मृत्यु भएको डा. दाहालले जानकारी दिए। पछिल्ला कहीँ वर्षदेखि डेंगु सङ्क्रमण जनस्वास्थ्यको गम्भीर समस्याको रूपमा देखिँदै आएको छ।

पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेपछि सङ्क्रमण दैनिक बढ्दो छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ, ती फुल लार्भा बन्छन् र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेपछि डेंगु फैलिने चिकित्सक बत्ताउँछन्।

यो वर्ष जुलाईबाट बढ्न थालेको डेंगु सङ्क्रमण सेप्टेम्बर महिनासम्म उच्च विन्दुमा पुग्ने केन्द्रले प्रक्षेपण गरेको छ। डेंगुको जोखिम कायम नै रहेकोले सचेत रहन चिकित्सकको सुझाव छ। पछिल्लो केही दिनदेखि काठमाडौँ उपत्यकामा पनि डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।

 सेरोटाइप्स एक र तीन पुष्टि 

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगस सेरोटाइप्स भनेको कुनै पनि सूक्ष्म जीवको विभिन्न प्रकार वा प्रजातिहरूको वर्गीकरण हो। डेंगु सेरोटाइप्स चार प्रकारका हुन्छन्।

नेपालमा हाल डेंगुका चार वटा ‘सेरोटाइप्स’ पुष्टि भएका छन्। डा। दाहालका अनुसार यो वर्ष धरानमा सेरोटाइप्स एक र तीन र धार्दिङमा सेरोटाइप्स दुई पुष्टि भएको छ। देशैभरि एक र दुई सेरोटाइप्सबाटबाट धेरै जना बिरामी भएको महाशाखाले जनाएको छ।

नेपालमा डेंगु सङ्क्रमण सन् २००१ बाट फैलन सुरु गरेको हो। सोही समयदेखि डेंगु महामारीको रूप फैलने गरेको छ।

सन् २०१९ धरान र सन् २०२२ मा काठमाडौँ उपत्यकामा डेंगुले महामारीको रूप लिएको थियो। सन् २०१९ मा १७ हजार भन्दा बढी र सन् २०२२ मा ५४ हजार भन्दा बढीमा डेंगु पुष्टि भएको थियो। गत वर्ष काठमाडौँ उपत्यमापनि सेरोटाइप्स एक र तीन सेरोटाइप्स पुष्टि भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?