ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

स्वदेशी जनै धागोप्रति आकर्षण, रोकियो आयातः जनै धागो बेचेर बुद्धिप्रसादले कमाउँछन् वार्षिक ४० लाख

१३ भाद्र २०८०, बुधबार
१३ भाद्र २०८०, बुधबार

बुटवल, १३ भदौ ।

आधुनिकता र पश्चिमा शैलीको अनुसरण गर्दै अगाडि बढिरहेको हाम्रो समाजमा बैदिक जनै र शास्त्रीय धागो बेचेर पनि लाखौं कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् बुटवलका बुद्धिप्रसाद शर्मा । बैदिक जनै, रक्षाबन्धन, लाखबत्ती, अनन्त डोरो लगायतका सामग्री उत्पादन गरेर नेपाल र बिदेशमा समेत बजार प्रवद्र्धन गर्न सफल शर्माले वार्षिक ३० देखि ४० लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

वि.सं. २०५७ सालदेखि बैदिक जनै र शास्त्रीय धागो आदि उत्पादन गर्न थालेका बुटवलका बुद्धिप्रसाद शर्मालाई अहिले बजारमा पवित्र जनै र रक्षाबन्धनको माग धान्न हम्मे हम्मे परेको छ । बैदिक जनै, शास्त्रीय धागो, रक्षाबन्धन, लाखबत्ती, अनन्त डोरो उत्पादन गरी देश विदेशमा बिक्री वितरण गर्दै आएका शर्माले वार्षिक ४० लाखसम्म आम्दानी हुने गरेको बताए । वार्षिक करिब १ करोडको जनै धागोको कारोबार हुने पश्चिम नेपालमा ८० प्रतिशत बजार भाग राधा जनै धागो उत्पादनले ओगट्न सफल भएको शर्माको भनाई छ । बिगतमा भारतबाट आयात हुने करोडौं रुपैयाँको जनै धागोलाई बिस्थापित गरी नेपाली जनै धागो उत्पादनमा आत्मनिर्भर बन्ने उद्देश्यका साथ बुटवल ४ स्थित राममन्दिर लाईनमा राधा धागो उद्योग स्थापना गरिएको दावी शर्माको छ ।

कुल ३० लाख रुपैयाँको लगानीमा शुरु भएको सो जनै धागो उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी हाल करिब ३०० जनाले रोजगारी पाएका छन् । घरमै बसेर काम गर्न सकिने, स्वदेशमै पवित्र जनै धागो उत्पादन हुने र रोजगारीको अवसर समेत सिर्जना हुने भएकोले यसप्रकारका उद्योग ब्यवसायलाई सरकारले पनि प्रवद्र्धन गर्नुपर्ने माग शर्माको छ । शर्मा भन्छन्—‘बिगतमा वर्षेनी करोडौं रुपैयाँको जनै, रक्षाबन्धन लगायतका धागोजन्य सामग्रीहरु भारतबाट आयात हुने गरेकोमा हाल बुटवलमा उत्पादित बैदिक जनै तथा पवित्र धागोहरु नेपालका अधिकांश स्थानमा पुगेका छन् । स्वदेशमै विधिवत बैदिक एवं शास्त्रीय जनै उत्पादन हुन थालेपछि एकातर्फ वर्षेनी भारत जाने करोडौं रुपैयाँ नेपालमै रोकिएको छ भने यसरी बनाइएको जनै तथा रक्षाबन्धन मिसावट रहित र पवित्र पनि हुन्छ ।’

शर्माका अनुसार नेपालमै उत्पादन गरेर पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनै, रक्षाबन्धन, लक्षबत्ती र अन्य पवित्र धागोहरु आपुर्ती गर्ने गरिएको छ । सो उद्योगले जनै उत्पादनमा आत्मनिर्भर बनाउनुका साथै भारतीय जनैको आयात कम गर्न ठूलो सहयोग गरेको स्थानीय जनै धागो व्यापारी नुरप्रसाद पाण्डे वताउँछन् । पाण्डे भन्छन्—‘पहिले जनै तथा रक्षाबन्धन लगायतका पुजा सामग्रीका रुपमा प्रयोग हुने धागोहरु भारतबाट आउने गर्दथ्यो । अहिले झण्डै ८० देखि ९० प्रतिशत बजार नेपाली उत्पादनले नै धानेको छ ।’ जनै, सप्तऋषिलाई तर्पण दिई प्रत्येक डोरामा हुने नौ सराका तन्तुदेवताहरु र शिखामा ब्रह्मा, विष्णु, महेश्वर र जगत्जननीको पूजा गरी गायत्री मन्त्रद्वारा मन्त्रित गरिने शास्त्रीय र वैदिक जनैका सम्पादनकर्ता समेत रहेका शर्माले बताए । पछिल्लो समय नक्कली जनैको बिगबिगीले बजारमा असर परेको भन्दै बुटवल, भैरहवा, पाल्पा, गुल्मी, अर्धाखाँची लगायत नेपालका विभिन्न भागमा आफ्नो उद्योगले बैदिक उत्पादन पठाउने गरेको अर्का ब्यवसायी झङ्कार पाण्डे बताउँछन् ।

हाल पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र नभै भारत, बंगलादेश, अमेरिका, जर्मन लगायतका देशमा समेत राधा जनैधागो उद्योगमा उत्पादित सामग्रीहरु पुग्ने गरेको पाण्डेको भनाई छ । भारतबाट नेपालमा आयात हुने जनैधागो लगायतका पुजा सामग्रीहरु समेत उत्पादन गरी नेपाललाई बैदिक जनै, शास्त्रीय रक्षाबन्धन, लक्ष्यबत्ती लगायतका विभिन्न पुजा सामग्रीमा समेत आत्मनिर्भर बनाउने लक्ष रहेको पाण्डे बताउँछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?