ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

क्रिकेटका महारथीसँग भिड्दै नेपाल

१३ भाद्र २०८०, बुधबार
१३ भाद्र २०८०, बुधबार

काठमाडौँ, १३ भदौ ।

नेपालले क्रिकेटका महारथीहरूसँग बुधबार प्रत्यक्ष सामना गर्दै छ। छिमेकी भएर पनि नेपालले विश्व क्रिकेटका महारथी भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासँग प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन। एसिया कपको १६ औँ शृङ्खलामा आइपुग्दा मात्र पहिलो पटक नेपालले यी देशका क्रिकेट टोलीसँग स्पर्धा गर्ने भएको हो।

पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिताको उद्घाटन खेलमा नै नेपाल र आयोजक पाकिस्तानको प्रतिस्पर्धा हुने छ। ३० हजार दर्शक क्षमताको पाकिस्तानको मुल्तान रङ्गशालामा हुने उद्घाटन खेल हेर्न प्रायः सबै टिकट बिक्री भइसकेको छ। यही खेलमा नै नेपालले पहिलो पटक विश्वको नम्बर एक एकदिवसीय टिम पाकिस्तानविरुद्ध खेल्दै छ।

त्यसपछि भदौ १८ गते श्रीलङ्कमा हुने खेलमा नेपालले अर्को महाशक्ति टिम भारतको सामना गर्ने छ। नेपाल, पाकिस्तान र भारत एसियाली कपको एउटै समूहमा परेका छन्। अर्को समूहमा परेका बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानसँग भने नेपालले अर्को चरणमा प्रवेश गरे मात्र खेल्न पाउने छ।

गत वैशाखमा घरेलु मैदान दर्शकको समर्थनमा अपराजित रहेर एसिसी प्रिमियर कपको च्याम्पियन बनेर नेपाल एसिया कपमा चयन भएको हो। दस टिम सहभागी यस प्रतियोगितामा युएई, ओमन जस्ता बलिया टिमबिच नेपालले सजिलै प्रतियोगिता जितेको हो। यो प्रतियोगिता एसिया कपको छनोट पनि थियो। त्यसैले च्याम्पियन भएपछि नेपालले एसिया कपमा खेल्ने पक्का भयो।

यससँगै हाम्रा करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी जस्ता बलरले विराट कोहली, बाबर आजम, रोहित शर्मा जस्ता ब्याट्सम्यानको विकेट ढालेको हेर्न नेपाली क्रिकेट समर्थकले पाउने छन्। त्यस्तै कुशल भुर्तेल, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, रोहित पौडेललगायतका नेपाली ब्याट्सम्यान विश्वका नामी बलरको बलिङमा चौका, छक्का लगाएको हेर्ने नेपाली सपना पूरा हुने छ।

२७ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको नेपालको विपक्षी टिमहरूको स्तरका आधारमा यो सर्वाधिक ठुलो प्रतियोगिता हो। हुन त नेपालले दस वर्षअघि नै विश्वकप टी–ट्वान्टी क्रिकेट खेलिसकेको छ। विश्वकप टी–ट्वान्टीमा पहिलो सहभागितामै नेपालले तीनमध्ये दुई खेलमा दुर्लभ जित पनि हासिल गरेको छ। तर विश्वकपको प्रारम्भिक चरणका रूपमा रहेको सो समूहमा ठुला टिमको सहभागिता थिएन।

विश्वकप टी–ट्वान्टीमा नेपालले हङ्कङ, अफगानिस्तान र बङ्गलादेशसँग खेलेको थियो। त्यसैले पनि एसिया कपमा चयन नेपाली क्रिकेटको अहिलेसम्मकै ठुलो उपलब्धि हो।

हुन त २१ वर्षअघि पनि नेपाल एसिया कपमा चयन भएको थियो। तर भारत र पाकिस्तानबिचको राजनीतिक तनावले सो समय एसिया कप रद्द भएर भारत र पाकिस्तानसँग खेल्ने सपना चकनाचुर भयो। त्यसपछि अहिले मात्र नेपालले यी दुई विश्व क्रिकेटका सिनियर टिमसँग खेल्ने अवसर पाएको हो। यस पटक नेपालले आफ्नै मिहिनेत र बलबुताले भारत र पाकिस्तानसँग खेल्न आफूलाई योग्य बनाएको हो।

भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान जस्ता टेस्ट राष्ट्र सामेल प्रतियोगितामा खेल्न योग्य भएपछि नै नेपालको विश्व क्रिकेटमा ठुलो प्रशंसा भइसकेको छ। यी दुई ठुला टिमविरुद्ध स्तब्धकारी नतिजा ल्याएर आफ्नो छवि अझ उच्च पार्न नेपाल चाहन्छ। त्यसैले नेपालले भारत र पाकिस्तान जस्ता टिमलाई हराउन सक्छ ? हारे पनि दुवै टिमलाई बराबरीको टक्कर दिन सक्ला ? यी अहिले नेपाली क्रिकेट समर्थकको मनमष्तिस्कमा घुमिरहेका प्रश्न हुन्।

विश्व खेलकुदमा कमजोर मानिएको टिमले पनि ठुला टिमलाई हराएर नतिजा उलटुलट गरेका उदाहरण थुप्रै छन्। नेपाली टिम अहिले यी दुई राष्ट्रसँग खेल्नुअघि सकारात्मक मानसिकता छ। त्यसैले एसिया कपमा ठुलो उलटफेरको अपेक्षा गर्न नसकिने होइन। नेपाली क्रिकेट टिम अहिले राम्रो लयमा पनि छ।

यस वर्ष नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ मार्फत् शीर्ष तीनमा आफ्नो एकदिवसीय मान्यता मात्र जोगाएन, विश्वकप छनोटको ग्लोबल चयनको सपना पनि पूरा गरेको थियो। विश्वकप क्रिकेट लिग २ मा नेपालले नेपाल अन्तिम १२ मध्ये ११ खेलमा जित हासिल गरेर विश्वकप छनोटमा स्वतः पुग्न योग्य बनेको हो। जुन नेपाली क्रिकेटमा चमत्कार मानिएको छ।

त्यसपछि एसिसी प्रिमियर कपमा लगातार छ खेल जितेर नेपाल च्याम्पियन बन्यो। गत महिना नेपालले जिम्बाब्वेमा ग्लोबल विश्वकप छनोट पनि खेल्यो। भारतमा हुने विश्वकपमा चयन हुन नसके पनि नेपालको सो प्रतियोगितामा नेपालको यात्रा प्रेरणादायी थियो। विश्वकप छनोटमा नेपालले अमेरिका र युएईलाई हरायो। जिम्बाब्वे र वेस्ट इन्डिज जस्ता टिमलाई पनि राम्रो टक्कर दिन सफल भयो। भारत र पाकिस्तानसँग पनि नेपाली क्रिकेटरबाटै त्यस्तै खेलको अपेक्षा गरिएको छ। यी दुईमध्ये एक टिमलाई मात्र हराएर उलटफेर ग-यो भने नेपाल विश्व खेलकुदमै एउटा ठुलो समाचार बन्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?