ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

सामुदायिक विद्यालय हाँक्ने ‘हेडमिस’

१३ भाद्र २०८०, बुधबार
१३ भाद्र २०८०, बुधबार

दाङ, १३ भदौ ।

घोराही उपमहानगरपलिका –१४ मा रहेको मदरसा दारुलहुदा अल्सफिदा आधारभूत विद्यालयमा अरबी र उर्दु भाषामा पढाई हुने गरेको छ । विद्यालयका प्राधानाध्यापक ममता खत्रीले विद्यालयमा शिशुदेखि कक्षा ८ सम्म पढाई हुने गरेको बताइन् ।

मुस्लिम समुदायका बालकालिका मात्रै यो विद्यालयमा अध्ययन गर्ने गरेका छन् । भाषा, धर्म, संस्कार फरक भएका कारण शुरु शुरुमा कठिनाइ भएको प्रअ खत्रीले बताइन् । अन्य सरकारी विद्यालयमा पढाई हुने पाठ्यक्रमका साथै उर्दु र अरबी भाषामा पनि पढाई हुने गरेको छ । १ सय ७५ जना विद्यार्थीले अध्ययन गरिरहेको प्रअ खत्रीले बताइन् ।

आपूm विद्यालयमा आउँदा ५ कक्षासम्म मात्रै थियो । धेरै पहल गरेर कक्षा ८ सम्म पढ्ने वातावरण मिलाएको उनले बताइन् । उनले भनिन्, ‘विद्यार्थीहरु धेरै अनुशासित छन् । एक पटक सिकायो भने ध्यान दिएर सुन्छन्, नबुझेको सोधीखोजी गर्छन् ।’ २०६९ सालदेखि विद्यालयको प्रधानाध्यापकको भूमिका निर्वाह गर्दै आएको बताइन् । शिशु कक्षादेखि नै अरबी र उर्दु भाषा पढाउनका लागि छुट्टै शिक्षकको व्यवस्था गरेको उनले बताइन् । उनले भनिन्, ‘विद्यालयमा प्रधानाध्यापक भएपछि विद्यालय व्यावस्थापन समितिले सहयोग गरेकाले काम गर्न सहज भएको बताइन् ।’ विद्यालयमा भौतिक संरचना अभाव भएकाले विद्यालय भवनको तला थप गर्न थालिएको बताइन् ।

विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी सम्पूर्ण मुस्लिम समुदायको भएको र उनीहरुको संस्कार अनुसार छात्राहरुले विद्यालय पोशाकको बाहिरबाट बुर्का लगाएर विद्यालय आउने गरेका छन् । प्रअसहित ११ जना शिक्षक रहेकोमा दुइ जना स्थायी, एक जना राहत, दुइ जना बालविकास र ६ जना निजी शिक्षकले सेवा दिइरहेको प्रअ खत्रीले बताइन् ।

‘एक पटक जिम्मेवारी बाँडेपछि कसैलाई काम अह्राउनु पर्दैन ।’ उर्दु विषयका शिक्षक नजिर अहमत सिद्धिकीले भने, ‘एउटा खाका बनाएर अफिस कोठामा टाँस्छौं त्यसैका आधारमा काम गर्छौ ।’ उर्दु र अरबी विषय पनि अध्यापन गर्ने भएकाले विद्यार्थीहरुलाई मातृ भाषा प्रति मोह जागेको छ । जिल्लामा रहेका अन्य सामुदायिक विद्यालय भन्दा कम नभएको उनले दाबी गरे । कक्षा ८ सम्म मातृभाषा पढेका बालबालिका माथिल्लो कक्षामा मातृभाषा पढ्नबाट बन्चित हुनु परेको छ । यहाँ पढाई पूरा गरेर माथिल्लो कक्षा पढ्न अन्य सामुदायिक विद्यालयमा जाने विद्यार्थीले अरबी र उर्दु भाषा पढ्न पाउँदैनन् । सरकारले सोही विद्यालयमा कक्षा १० सम्म पढ्ने वातावरण मिलाईदिने हो भने सबै विद्यार्थीले पढ्न पाउने आशा गरेको बताए ।

घोराही उपमहानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ वटा मध्ये १४ वटा विद्यालयको प्रअको भूमिका महिलाको छ । घोराही उपमहानगरपालिका– १ मा रहेको प्राथमिक विद्यालय कर्मकोटकी सुनिताकुमारी घर्तीले प्रअको भूमिका निर्वाह गर्दै आएकी छन् । शिशु कक्षादेखि ५ सम्म रहेको विद्यालयमा ६० जना विद्यार्थीले अध्ययन गर्ने गरेको उनले बताइन् । “प्रअ हुँदा विद्यालयको प्राशानिकदेखि सम्पूर्ण काम आफ्नो जिम्मेवारीमा रहेको छ”, उनले भनिन्, “कहिलेकाहीं शिक्षक अनुपस्थित हुँदा अर्को शिक्षकले कक्षा हेर्न गर्छौ ।” विद्यालयमा खानेपानीको सुविधा छैन । पानीको सुविधा नभएकाले समस्या हुने गरेको छ । स्थानीय तहले त्यसको व्यवस्था गरेमा विद्यालय चलाउन सजिलो हुने उनी बताउँछिन् ।

सरस्वती माध्यमिक विद्यालय काठेकोलको प्रअ वसन्ता पौडेलले सम्हालेकी छन् । प्राथमिक विद्यालय भैसाहीमा योगमाया अधिकारी, आधारभूत विद्यालय बाम्लामा टुककुमारी रावत, प्राथमिक विद्यालय श्रीचौरमा एमुना केसी, नारायण प्राथमिक विद्यालय पश्चिम सेवारमा कर्मकुमारी चौधरी, रात्री प्राथमिक विद्यालय शुक्रवारमा सुशीला पौडेल, रात्री प्राथमिक विद्यालय बेलुवामा लक्ष्मी नकर्मी श्रेष्ठ, प्रावि सोरेठी रातामाटामा रुका घर्ती, सरस्वती प्राथमिक विद्यालय सुकाखोलामा माधवा पौडेलले प्रअको भूमिका निर्वाह गरेका छन् ।

घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले सामुदायिक विद्यालयमा महिलाको जिम्म्ोवारी प्रत्येक वर्ष बढाउँदै लगिने बताए । महिला प्रधानाध्यापक भएका विद्यालयमा आर्थिक पारदर्शीता सिकाई क्रियाकलाप पनि नमूनायोग्य भएको उनले बताए ।

शुरुमा सीमित महिला शिक्षकलाई प्रअको जिम्म्ोवारी दिइएको थियो । उनीहरुले राम्रो काम गरेको देखेर अहिले १४ जनालाई प्रअको जिम्मेवारी दिइएको मेयर चौधरीले बताए । “महिला शिक्षकले राम्रोसंग विद्यालय चलाएको देख्दा धेरै खुशी लागेको छ”–उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?