ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

गोर्खा भर्ती खोल्न ढिलासुस्ती

१३ भाद्र २०८०, बुधबार
१३ भाद्र २०८०, बुधबार

विगत दुई बर्ष बढी समयदेखि गोर्खा भर्ती बन्द हुँदा नेपालका सयौं युवाले रोजगारी गुमाएका मात्र छैनन, नेपाल आउने करोडौं रूपियाँ रेमिटान्स गुमेको छ । दुई बर्षको बीचमा नेपालका सयौं युवा रोजगारीमा जोडिने थिए तर नेपाल सरकारको अलमलले गोर्खा भर्ती अन्यौलमा परेको छ । हजारौं युवाको भविष्य जोडिएको गोर्खा भर्ती तत्काल सुरू गर्नेतर्फ सरकारको गंभीर ध्यानाकर्षण होस् । संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले भारतीय सेनाको अग्निपथ योजना अन्तर्गत नेपाली युवाहरूलाई भर्तिको व्यवस्था चाँडो भन्दा चाँडो मिलाउनुपर्ने माग गर्दै आएको छ । महासंघले केही महिनाअघि प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएर यो गंभीर विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

हजारौं युवा खाडीका मुलुकमा गएर निम्नस्तरको काम गर्न विवस छन् । तर, नेपाल सरकार नजिकको छिमकी देशले उपलब्ध गराउने भर्तीको रोजगारीप्रति वेवास्ता गरिरहेको छ । यसले नेपाल सरकार युवाहरूले रोजगारी गुमाएको अवस्थाप्रति सम्वेदनशील छैन भन्ने देखिन्छ । गोरखा भर्तीकै कारण नेपालमा अहिलेपनि मासिक करोडौं रूपैयाँ भित्रिरहेको छ । हजारौं नेपाली युवा अहिलेपनि भारतमा गोरखाकै रूपमा भर्ती भएर ठूलो धनराशी नेपाल भित्रिरहेको छ । यसले नेपालको अर्थतन्त्र चलायमान बनाउन ठूलो सहयोग गरेको छ । तर, पछिल्लोसमय नेपालले गोरखा भर्तीका बिषयमा कुनै निर्णय नलिँदा पूर्व गोरखा सैनिकहरूले चिन्ता ब्यक्त गरेका छन । भारतीय सेनामा ‘गोर्खा भर्ती’ बन्द गर्ने हो भने सम्भवतः ‘अग्निपथ’ योजनामा नेपालको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्दछ तर सरकारले यस बिषयमा अहिलेसम्म औपचारिक अभिब्यक्ति दिएको छैन । नेपाल सरकारले हजारौं युवाको रोजगारीसंग जोडिएको गोरखा भर्तीका बिषयमा अब देशभित्र व्यापक र गम्भीर छलफल गर्नु जरुरी छ ।

नेपाली युवा विशेषगरी जनजातिहरूमा गोर्खा भर्तीका नाममा बेलायत र भारतको सेनामा भर्ना हुने अभ्यास निकै लोकप्रिय छ । बर्सेनि हजारौं युवाले ‘लाहुरे’ हुने तयारीमा कठिन अभ्यासहरू गर्ने गरेको देखिन्छ । भारतमा बेलायतको उपनिवेश स्थापना हुनुभन्दा पहिलेदेखि नै नेपालीहरू त्यहाँका राजा रजौटाका सेनामा भर्ती भएको उदाहरण छन् । लाहुरे शब्दकै व्युत्पत्ति पञ्जाव राज्यको राजधानी लाहुरका नामबाट भएको मानिन्छ । लाहुरे जीवनको आकर्षणले जनजाति युवाबीच गोर्खा भर्ती पहिलो रोजाइ हुँदै आएको छ । बेलायतले बिस्तारै गोर्खा सैनिकको संख्या घटाउँदै लगे पनि भर्ती रोकेको छैन । तर भारतले सुरू गरेको विवादास्पद ‘अग्निपथ योजना’ मा गोर्खा भर्ती पनि समावेश गरिएको छ । यसमा नेपाल सरकारको आधिकारीक धारणा सार्वजनिक हुनपर्दछ ।

पहिले ४ वर्षका लागि भर्ना गरेर सैनिक सेवामा लगाउने र तीमध्ये २५ प्रतिशतलाई मात्र स्थायी सैनिक बनाउने ‘अग्निपथ’ योजनाको भारतमा पनि चर्को र व्यापक विरोध भइरहेको छ । नेपाली युवालाई अग्निविर योजनामा सामेल नगर्न नेपाल सरकारले भारतलाई सूचित गरेको जानकारी सार्वजनिक भएको छ । ‘अग्निपथ योजना’ भारतको आन्तरिक मामिला हो तर नेपालीलाई सामेल हुन दिने कि नदिने भन्ने विषयमा भने नेपालले निर्णय गर्नुपर्छ । नेपालले निर्णय गर्न ढिलाई भैसकेको छ । वैदेशिक रोजगारीका दृष्टिमा गोर्खा भर्ती सम्भवतः सबैभन्दा आकर्षक क्षेत्र हो । यद्यपि, सैनिक सेवा भएकाले यससँग जोडिएको राष्ट्रिय स्वाभिमानका प्रश्नलाई उपेक्षा गर्न कुनैपनि अवस्थामा मिल्दैन । नेपाल सरकारले अव अबिलम्ब गोर्खा भर्तीको निर्णय गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?