Butwal Today

प्रधानमन्त्रीलाई सांसदको प्रश्न : जातीयताको आधारमा प्रदेश बनाउन मिल्छ ?

१२ भाद्र २०८०, मंगलवार
अ+
अ-

काठमाडौं,१२ भदौ । प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरी देवी न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूलाई बहुमत दिए जातीयताको आधारमा प्रदेशको नामाकरण गरेर जातीय राज्य बनाउन मिल्छ भन्ने प्रश्न गरेकी छन्। प्रधानमन्त्री प्रचण्डले केही दिन अघि २०८४ को चुनावमा आफूहरुलाई वहुमत दिए अहिले गरिएको प्रदेशहरुको नामाकरण जातीयताको आधारमा बनाउने बताएका थिए । यही विषयलाई इंगित गर्दै सांसद न्यौपानेले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनिन् – हामीले जिते जातीय राज्य दिन्छु भन्नु संविधान विपरित भएन र कतै यस्तो अभिव्यक्तिले जातीय द्वन्द्व बढाउने त होइन भन्दै प्रश्न गरिन्।

त्यसको जवाफ प्रधानामन्त्रीले स्पष्ट जवाफ दिन सकेनन् उनले मैले पहिचानको कुरा गर्दा वा कुनै कुरा गर्दा अरु कसैको पहिचान र आस्थामाथि कुनै खालको विभेद नभएको दावी गरे ।