ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

एमाले लुम्बिनीद्वारा सबै जिल्लामा कम्तीमा ४ जना प्रशिक्षक तयार

लुम्विनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार लुम्बिनीमा पार्टी स्कुल नियमित रुपमा संचालन गर्नका लागि यस्तो खालको प्रशिक्षण गरिएको हो ।
१२ भाद्र २०८०, मंगलवार
१२ भाद्र २०८०, मंगलवार

बुटवल,१२ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले पहिलो पटक पार्टीको नियमित स्कुल संचालनका लागि सबै जिल्लामा प्रशिक्षक तयार गरेको छ । हरेक जिल्लामा कम्तिमा ४ जना प्रशिक्षक तयार हुनेगरी गरिएको प्रशिक्षक प्रशिक्षण तालिमप्राप्त प्रशिक्षकहरु काममा खटिन थालेका छन् ।
साउन २२ गतेदेखि २५ गतेसम्म दाङमा आयोजना गरिएको सो प्रशिक्षणमा पार्टी केन्द्रीय स्कुल विभागबाटै शीर्ष नेतृत्व तथा प्रशिक्षकहरु सहभागी रहेका थिए । प्रदेशका १२ वटै जिल्लाबाट ४ देखि ६ जनासम्म सहभागी रहेका नेताहरु ४ दिनसम्म पूर्णरुपमा बसेर यो प्रशिक्षण लिएका थिए । नयाँ तथा पुराना कार्यकर्तालाई पार्टीको विचार, सिद्धान्त, भावी रणनीति र योजनाको बारेमा प्रशिक्षित गर्नसक्ने गरी प्रशिक्षक तयार भएपछि सबैतिर सहज भएको सहभागीहरुले बताएका छन् ।
लुम्बिनीका हरेक जिल्लामा प्रशिक्षक उत्पादन भएका छन् । यसरी सिकेका प्रशिक्षकले सबै वडा र पालिकामा पुराना तथा नयाँ पार्टी कार्यकर्तालाई नियमित रुपमा प्रशिक्षित गर्नेछन् ।
उनीहरुले आफू जानेजस्तो, सिकेजस्तो विषयहरु मसिनोगरी सिक्न पाएको र अब निर्धक्कसाथ आफ्नो क्षेत्रमा प्रस्तुत हुनसक्ने गरी तयार भएको र कतिपय जिल्लामा कामसमेत थालेको जनाएका छन् ।
बाँकेबाट सहभागी रामकुमारी चौधरीले यो प्रशिक्षण आफ्नो लागि निकै उपलब्धीमूलक रहेको बताइन् । ‘माक्र्सवादी दर्शन, समाजवाद, जनताको वहुदलीय जनावाद, सुशासन लगायतका विषयमा थप प्रष्ट हुने अवसर पाइयो, यो प्रशिक्षक प्रशिक्षणले बाटो देखाइदिएको छ र खोज अध्ययन गर्ने भोक पैदा गरिदिएको छ,’ उनले भनिन्–‘म विश्वस्त छु कि अझै थप खोज र अध्ययनबाट एउटा जिम्मेवार, असल र अब्बल प्रशिक्षकको रुपमा खडा हुनेछु ।’
गुल्मीबाट सहभागी गणेश श्रेष्ठको भनाइ पनि उस्तै छ । श्रेष्ठका अनुसार यो तालिम उपलब्धीमूलक भयो, अब जिल्लामा बाहिरको मान्छे खोजेर प्रशिक्षण दिनुपर्ने अवस्था हुदैन । श्रेष्ठको अनुभव छ–‘आफ्नो क्षेत्रमा हुने आन्तरिक प्रशिक्षणमा जबज, दर्शन तथा राजनीतिका विषयमा प्रष्टसँग बुझाउनसक्ने बनेर आएको छु, मेरो लागि यो ठूलो उपलब्धी हो, स्कुल विभागलाई र संयोजन गर्ने प्रदेश पार्टीलाई धन्यवाद ।’
दाङका भरतमणि न्यौपानेले यो तालिमबाट आफूमा धेरै निखारता आएको र अब नेतृत्वले यसको कार्यान्वयनको योजना बनाउनुपर्ने बताउँदै अबको प्रशिक्षणमा केही विषयवस्तु थपेर लैजानुपर्ने सुझाव दिएका छन् ।
‘धेरै पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा हिंडेको समयमा, वैचारिक धार भुत्ते भएको अवस्थामा गाउँवस्तीमा वैचारिक अभियान चलाउने गरी जनशक्ति तयार गरेको छ, आफू पनि सहभागी भएर मजबुत बनाउन सक्छु भन्नेगरी तयार भएको छु’ उनले भने –‘अबको पाठ्यक्रममा स्थानीय र प्रदेश सरकार संचालनका लागि ऐन तथा बजेट निर्माणका प्रकृयाका विषयसमेत जोडेर तयार गरिनुपर्ने सुझाव दिन्छु, अब पाठ्यक्रम बदल्नुपर्छ, दर्शनसँगै व्यवहारिक ज्ञान पनि दिनसके प्रभावकारी हुन्छ ।’
बाँकेबाट सहभागी डिल्ली बिसीलाई यो बसाई निकै प्रभावकारी भएको अनुभूति भएको छ । ‘सबै जिल्लास्तरमा प्रशिक्षक तयार गर्नका लागि यो कार्यक्रम निकै उपलब्धीमूलक भयो, चार दिन म आफै सहभागी रहेँ, कतिपय जानेजस्तो लागेका तर प्रष्ट नभएका विषयमा अरुलाई प्रष्टाउने भइयो, सिद्धान्तका हिसाबले धेरै राम्रो भयो’ विसीले भने । ‘सबै जिल्लाबाट छानिएका प्रतिनिधि सहभागी थियौं, दर्शन बुझेर र बुझाउनसक्ने सहभागी भएकाले पनि धेरै राम्रो भयो । अब सबै जिल्लामा यसलाई कार्यान्वयनमा लैजान जरुरी छ । यस्तो पहिलो कार्यक्रम भएकाले पनि बढी प्रभावकारी भयो भन्ने लाग्छ’ उनको भनाइ छ ।
कपिलवस्तुबाट सहभागी देवी वेलवासेलाई सोचेभन्दा धेरै राम्रो भएको महशुस भएको छ । ‘चार दिनमा विचार र सिद्धान्तका विषयमा धेरै जानियो र अरुलाई बताउनसक्ने भएर आइयो । अब यसलाई कार्यान्वयन गर्न नेतृत्वले योजना बनाउनु पर्दछ, वेल्वासेले भनिन्–यस्तो कार्यक्रममा पहिलो पटक सहभागी भएकाले मेरा लागि धेरै प्रभावकारी भयो । ’
बर्दियाबाट सहभागी शालिकराम अधिकारीले प्रशिक्षणमा सिकेका विषयलाई जिल्लामा आएर कार्यान्वयनमा लगिसकेका छन् । ‘मैले त यहाँ आएर प्रशिक्षण सुरु गरिसकेँ, कार्यक्रम धेरैनै प्रभावकारीे भयो, अब जिल्लामा हुने आन्तरिक प्रशिक्षण निर्धक्क भएर चलाउनसक्छु भन्ने हिम्मत भएकाले कामनै शुरु गरेको हुँ ।
पाल्पाबाट सहभागी दलबहादुर गुरुङ सबै जिल्लाबाट छनौट गरिएका व्यक्तिहरु राखेर प्रदेशमा पहिलोपटक गरिएको यो प्रकारको प्रशिक्षणले धेरैलाई विचार, दर्शन, जबजका बारेमा प्रष्टसँग राख्नसक्ने बनाएको बताउँदै अब उनीहरु काममा खटाउनेगरी योजना बनाउनुपर्ने र बेला बेलामा पुनर्ताजगी खालको कार्यक्रम गरिरहनुपर्ने बताउछन् । उनले जिल्लामा स्थानीय तहसँग जोडिएका धेरै विषयवस्तु रहेकाले त्यो खालको पाठ्यक्रम पनि आउने दिनमा केन्द्रीत गरेर लैजानुपर्ने सुझाव दिए ।
रुपन्देहीबाट सहभागी युवराज घिमिरेले विषयवस्तुमा केन्द्रीत प्रशिक्षणले सबै जिल्लामा जनशक्ति तयार गरेको र उपलब्धीमूलक भएको बताए । पार्टीले प्रदेशमा संचालन गर्न खोजेको स्कुलका लागि यो प्रशिक्षणले पूर्णता दिने बताउँदै यहाँबाट तयार जनशक्तिलाई नियमित काममा लगाउने कार्ययोजना प्रदेश र जिल्ला पार्टीले बनाउनुपर्ने उनको भनाइ छ ।
एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी पार्टी स्कुल विभाग प्रमुख लक्ष्मण ज्ञवालीले प्रशिक्षक प्रशिक्षणले पार्टीको स्कुलको व्यवस्थापन गर्ने, नियमित प्रशिक्षण चलाउने, स्कुल विभागलाई व्यवस्थित गर्ने र जनशक्ति तयार गरेको जानकारी दिए । पार्टीको नीति, विचार र सिद्धान्तलाई सबै माझ जानकारी दिने उद्देश्यअनुसार काम अघि बढाइएको र प्रशिक्षणबाट तयार भएको जनशक्तिले काम थालिसकेको उनको भनाई छ ।
एमाले केन्द्रीय स्कुल विभागका सचिव तथा प्रशिक्षक घनश्याम कोइरालाका अनुसार देशैभरी सञ्चालित प्रशिक्षण उपलब्धिमूलक छन् र ‘संगठनहरूलाई चलायमान बनाउन विचारलाई मूल विषय ठानेर प्रशिक्षण सञ्चालन गरिएको हो । यसो गर्दा जनतामा उठेका, कार्यकर्ताले भोगेका र भोगिरहेका, नेतृत्वले ध्यान दिनैपर्ने विषय समेटेर प्रशिक्षण सञ्चालन गरिएको उनको भनाई छ ।
पार्टीको सिद्धान्त, नीति, विचार, कार्यक्रम र कार्यदिशालाई हामीले खास ध्यान दिइरहेका छौँ’ कोइरालाले भने । कोइरालाका अनुसार सिद्धान्त, विचार र पार्टी नीतिबारे थाहा नपाएर पनि अन्योल बढेको विषयलाई प्रशिक्षण मार्फत सम्बोधन गरिएको हो ।
‘नेपालका राजनीतिक दलहरू सबै उस्तै हुन् भन्ने हौवा मच्चाइएको छ । के नेकपा एमाले र अन्य दल उस्तै हुन् त ? होइनन् । कामका क्रममा केही तलमाथि भए होला, कुनै खास सन्दर्भमा कुनै नेताबाट केही भुलचुक भयो होला ।’ उनको भनाई छ–‘तर के सिङ्गो एमालेलाई अपवादमा अल्झाउनु उचित हुन्छ त ? हुँदैन । यी र यस्ता विषय पार्टी पङ्क्ति र जनस्तरमा समेत स्पष्ट हुनुपर्ने विषय हुन्, प्रशिक्षणमा यी विषय उठाएर बहस चलाएका छौं ।’
पाठ्यक्रममा यस्ता विषयलाई सामेल गरेर ‘नेपालका राजनीतिक दलहरूको तुलनात्मक अध्ययन र राजनीतिक शक्ति सन्तुलन’ भन्ने विषय नै बनाएर प्रशिक्षित गरिएको भनाई कोइरालाको छ । ‘हामी अरु पार्टीका विषयमा टिकाटिप्पणी गर्ने, आफ्नो पार्टी, जनप्रतिनिधि र सरकारले गरेका काम बिर्सने वा ध्यान नदिने प्रवृत्तिलाई निरुत्साहित गर्न प्रयास गरेका छौँ ।, मूलकुरा प्रशिक्षणका लागि प्रशिक्षण नभई उपलब्धि र रूपान्तरणका लागि प्रशिक्षण बनाउने प्रयास गरिरहेका छौँ । हाम्रो अहिलेको कार्यदिशा लोकतन्त्रलाई सबल बनाउँदै समाजवाद स्थापनाको आधार तयार पार्नु हो’ कोइरालाले भने ।

पार्टीले समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्प अघि सारेको र यसका लागि हरेक प्रदेशले आफ्नो प्रदेश समृद्ध बनाउन र प्रदेशवासीलाई सुखी बनाउने योजना बनाउनुपर्छ र सोही बमोजिम काम गर्नुपर्छ भन्ने योजना अघि सारेको उहाँको भनाइ छ ।
यसका लागि प्रशिक्षण कक्षमा नै समृद्ध लुम्बिनीको अवधारणा, प्रयास, अवसर र दायित्वबारे कार्यशाला नै सञ्चालन गरेर सहभागीहरूबाट निष्कर्ष निकालिएको छ । नेकपा (एमाले) ले पार्टी निर्माण, सञ्चालन र व्यवस्थापनको विषयलाई समृद्धिसँग जोड्ने प्रयत्न गरेको छ । समृद्ध लुम्बिनीका लागि पूर्वाधार, उद्योग, कृषि, पर्यटन, जलस्रोत, वनवातावरण, सुशासन तथा जनसरोकार, स्वास्थ्य, शिक्षा, सांस्कृतिक मूल्य तथा सम्पदाहरूमा केन्द्रित भई सहभागी प्रशिक्षार्थी नेता कमरेडहरूको प्रतिबद्धता पनि लिइएको छ ।
प्रशिक्षणमा सीप, शैली र कलाबारे छलफल गरिएको छ ।

लुम्बिनीका सबै विशेषता, अवस्थाका साथै जोगाउने, सुधार्ने र नयाँ बनाउने विषयमा स्पष्ट पार्न प्रशिक्षण कार्यक्रम कोशेढुङ्गा साबित हुने विश्वास पार्टीले राखेको छ । प्रशिक्षणदेखि प्रशिक्षणसम्म, सिद्धान्तदेखि सिद्धान्तसम्म, विचारदेखि विचारसम्म मात्र सीमित हुनुहुँदैन भन्ने विश्वासका साथ यसलाई मुलुकको समृद्धि, जनताको सुख, राष्ट्रिय स्वाधीनतासँग जोड्ने सार्थक पहल भएको छ ।

नेकपा (एमाले) लुम्विनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार लुम्बिनीमा पार्टी स्कुल नियमित रुपमा संचालन गर्नका लागि यस्तो खालको प्रशिक्षण गरिएको हो । अध्यक्ष कँडेलका अनुसार ‘प्रशिक्षणबाट पार्टीले नियमित स्कुलका कार्यक्रम संचालन गर्ने जनशक्ति तयार भएको छ । यसरी नै प्रदेशका तीनै तहमा निर्वाचित जनप्रतिनिधिलाई पनि साउन महिनमै प्रशिक्षण कार्यक्रम गरिएको छ ।

नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार स्कुल विभागलाई चुस्त बनाउँदै कार्यकर्ता प्रशिक्षणलाई व्यापक बनाउनेगरी काम अघि बढेको छ ।
नेकपा(एमाले) ले सात वटै प्रदेशका स्कुल विभागलाई व्यवस्थित गरेर अघि बढाउन थालेको छ । ‘आधारभूत, माध्यमिक, केन्द्रीय र बिशिष्टकृत स्कुल चलाउने नीति अनुरुप सबै तहका सदस्यहरुलाई कक्षा सञ्चालन गरेर प्रशिक्षित गर्न थालिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?