ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

लेखपोखराले पायो पाँच वर्षपछि ‘डाक्टर’

१२ भाद्र २०८०, मंगलवार
१२ भाद्र २०८०, मंगलवार

सल्यान, १२ भदौ । सल्यानको लेखपोखरा प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयपछि डाक्टरबाट सेवा सुरु भएको छ । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रले झण्डै पाँच वर्षपछि डाक्टर पाएको हो । २०६४ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा बल्ल तल्ल आएका एक जना डाक्टर पनि अध्ययन विदामा गएका थिए । त्यस यता कुनै पनि डाक्टर आउन मानेका थिएनन् । डाक्टर सहित १० जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त स्वास्थ्य केन्द्रमा छत्रेश्वरी गाउँपालिकाले निरन्तर प्रयासपछि आफै डाक्टर नियुक्त गरेर सेवा प्रदान गरेको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले जानकारी दिए ।

सुविधा सम्पन्न अस्पतालहरूमा समेत डाक्टर जान नमानिरहेको अवस्थामा विकट क्षेत्र लेखपोखरामा डाक्टरको व्यवस्था भएपछि स्थानीयहरू खुसि छन् । तर आएका डाक्टर लामो समय सम्म टिक्ने हुन् की होइनन् भन्ने चिन्ता स्थानीयमा छ । संघीय सरकारसंग अनुमति लिई आवश्यक सबै प्रक्रिया गरेर डाक्टरको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष बुढाथोकीको भनाइ छ ।

छत्रेश्वरी, गाउँपालिका संगै शारदा नगरपालिकाका केही वडाका नागरिकलाई समेत उपचार सुबिधा दिनका लागि भन्दै लेखपोखरामा स्थापना गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीयहरूलाई खलंगा, श्रीनगर, लुहाम तथा दाङ पुग्नुपर्ने बाध्यता थियो । अव भने गाउँमै डाकटर सहितको स्वास्थ्य सेवा सुरु भएपछि विभिन्न रोगको चेकजाँच र उपचार पाइने अपेक्षा गरिएको स्थानीय रेमन्त पुनले बताए ।
यहि भदौ ३ गतेदेखि छत्रेश्वरी गाउँपालिकामा जोडिएकी मेडिकल अधिकृत डाक्टर निशा आचार्यले प्राथमिक स्वास्थ्य केन्द्र लेकपोखराबाट सेवा सुरु गरेको ४÷५ दिन भइसकेको छ । हाल दैनिक आफुले २५ देखी ३० जनालाई चेकजाँच गर्नेगरेको उनले जानकारी दिइन् । आफू लामो समय सम्म सेवा गर्ने प्रतिवद्धता सहित आएको उनले बताइन् । ‘डाक्टर छिटो जाला भनेर स्थानीयहरू आत्तिनु परेन’, उनले भनिन्, ‘तर केही चुनौतीहरू छन्, पहिले यहाँ डाक्टर किन टिकेनन् भन्ने पनि बुझ्नुपर्छ । विरामी जाँचेर मात्र भएन, त्यसै अनुसार औषधि, परिक्षणका सामग्रीहरू उपलब्ध हुनुपर्याे । हामी र हाम्रो पालिकाको टिम सबै व्यवस्थापनका लागि लागिपरेका छौँ ।’

डाक्टर आचार्य लुम्बीनी मेडिकल कलेजबाट एमबिबिएस गरेर करिव एक वर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सेवा गरिसकेकि छिन् । यस्तै उनीसंग संजिवनी मेडिकल कलेजमा अध्यापन संगै स्थानीय सरकारसंगको समन्वयमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनको पनि अनुभव छ । प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा हाल मुख्य रूपमा ल्याबको समस्या रहेको जनाउदै उनले भनिन्, ‘कतिपय मेसिनहरू छ, तर संचालन छैन । केही मेसिन उपकरण ल्याउने तयारी भएको छ । वेसिक जाँचहरू दिसापिसाव, रगतको जाँच नहुँदा, एक्सरे सेवा नहुँदाखेरी उपचारमा समस्या हुन्छ । सबै औषधिहरू पनि उपलब्ध छैन ।’ असाध्यै न्यून औषधिहरू उपलब्ध भएको र यसबाटै सेवा सुरु गरेको जनाउँदै डाक्टर आचार्यले धेरै चुनौतीहरू भएपनि विस्तारै व्यवस्थापन गर्दै जाने बताइन् । ‘दरबन्दी भएपनि डाक्टर नहुँदा ल्याब तथा अन्य मेसिन, उपकरण नभएको होला, हाम्रो टिम लागिपरेको छ । सुधार हुनेमा हामी आशावादी छौँ’, उनले भनिन् ।

निरन्तरको प्रयासमा डाक्टरको व्यवस्थापन गर्न सफल भएको भन्दै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले डाक्टर सहितको सेवा दिन आवश्यक पर्ने औषधि, उपकरण पालिकाको श्रोत साधनले भ्याएसम्म व्यवस्थापन गर्दै गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिने बताइन् ।
छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य संयोजक केशरी भट्टराईका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टर, एकजना स्टाफ नर्स, एक जना एचए, तीन जना अहेव, ३ जना अनमी र एक जना ल्याब असिस्टेन्टको दरबन्दी छ । स्वास्थ्य केन्द्रमा आएका डाक्टर हेमराज शर्मा २०७५ भदौमा अध्ययन विदामा गएपछि डाक्टर अभावमा स्वास्थ्य संस्था सञ्चालन हुँदै आएको थियो ।

डाक्टरको स्थायी पदपूर्तीका लागि स्वास्थ्य शाखाको समन्वयमा प्रदेश तथा केन्द्र सरकार समक्ष अनुरोध गर्दा पनि ग्रामिण भेगमा डाक्टर नआएपछि पालिकाले आफ्नै पहलमा बल्ल डाक्टर नियुक्त गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिए । यसका साथै लेखपोखरास्थित पाखापानीमा १५ सैयाको अस्पताल निर्माण कार्य पनि भइरहेको बताए । अस्पताल निर्माणमा ढिलाई भइरहेकोमा आफूहरू निर्वाचित भएर आइसकेपछि सम्बन्धित ठाउँमा लेखि पठाएर तथा निर्माण कम्पनीलाई समेत पटक–पटक ताकेता गरेर अस्पताल निर्माणको कामलाई तिब्रता दिन आग्रह गरिएको बस्नेतको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?