Butwal Today

बैंकको ब्याजदर थप बढ्न सक्छ:बैंकर्स संघ

१२ भाद्र २०८०, मंगलवार
अ+
अ-

काठमाडौं, १२ भदौ ।

नेपाल बैकर्स संघले बैंकको ब्याजदर थप बढ्न सक्ने बताएको छ । मंगलबार नेपाल बैंकर्स संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघले विश्व परिवेशअनुसार नेपालका बैंकको ब्याजदर अझै बढ्न सक्ने बताएको हो ।

भारतको ब्याजदर औसत ६.५ को हारहारीमा रहेको र सबै देशमा ब्याजजदर बढ्दा नेपालमा भने घटिरहेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । नेपालमा ब्याजदर घट्नु सकरात्मक भए पनि अन्तर्राष्ट्रिय परिवेशसले भने ब्याजदर बढाउन दबाब दिइरहेको बैंकर्सको भनाई छ ।

बैंकिङ क्षेत्रमा गत असारसम्मको सूचक सन्तोषजनक नै रहेको पनि उनीहरुले बताएका छन् । पछिल्लो समय बैंकमा निक्षेप केही बढेको भए पनि कर्जा भने तीन प्रतिशतमा सीमित भएको केसीले बताएका छन् ।