ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

धर्मका नाममा असभ्य गतिबिधि किन ?

१२ भाद्र २०८०, मंगलवार
१२ भाद्र २०८०, मंगलवार

‘धर्मो रक्षति रक्षित’ अर्थात् धर्मको रक्षा गरेमा त्यसले हाम्रो रक्षा गर्छ । धर्मको रक्षाले मानव समाजमात्रै नभई समग्र प्राणी जगतको नै रक्षा हुन्छ; तर पछिल्लो समय विडम्बना नै भन्नुपर्छ– धर्मका नाममा अनेक प्रकारका असभ्य र अपाच्य गतिविधिहरू समेत नियोजित रूपमा देखापर्न थालेका छन् । आफ्नो प्रचार प्रसारका लागि करोडौं मानवहरूको आस्थालाई नजरअन्दाज गर्ने पद्धतिको बिकास हुँदै आउनु निश्चित रूपमा राम्रो संकेत होइन । कुनैपनि धर्म कुनैपनि प्राणीको लागि बोझ बन्नु हुँदैन । बरु शिष्ट, सौम्य र हितकारी बन्नुमा नै सबैको कल्याण हुन्छ । आज धार्मिकताको अर्थ असहिष्णुता, कट्टरता, अर्काको सांस्कृतिक आस्थाहरूलाई शत्रुतापूर्ण व्यवहार गर्ने समुदायका रूपमा विकसित हुँदै आउनु असाध्यै दुःखद् पक्ष हो । वैदिक ऋषिमुनिहरूले धर्म शब्दको अर्थ र प्रयोजन सद्गुण, सदआचरण तथा असल गुणका रूपमा बुझ्ने र त्यसै अनुसार कर्म गर्न अभिप्रेरित गरेका हुन् । जसरी वेदको अर्थ ज्ञान हो त्यसैगरी धर्म शब्दको अर्थ सदाचार हो । सदाचारी व्यक्ति नै धार्मिक हुन् । धार्मिक ती हुन् जसले विश्वलाई आफ्नै कुटुम्ब ठानेर व्यवहार गर्छ । मन्दिर भत्काउनेहरू, धर्म परिवर्तन गराउनेहरू, हिंसा गर्नेहरू, अर्काको जीवन नाश गर्नेहरू कसरी धार्मिक हुन सक्छन् ? किनभने यी सबै अधर्मका लक्षण हुन् । गुटका विश्वास हुन् । जसले आफूबाहेक अरूको अस्तित्वलाई स्वीकार गर्न पटक्कै रुचाउँदैनन् । यहाँ धर्म रक्षाको अर्थ हो सदाचार, सद्गुण, दैवी सम्पदाको रक्षा । यदि हामीले दया गर्छौं भने हामीलाई अर्कोले पनि दया गर्छ अर्थात् धर्मले धर्मको रक्षा हुन्छ । यदि कसैले क्षमा दिन्छ भने उसले पनि उत्तरमा दया नै प्राप्त गर्छ । यदि कसैले दान दिन्छ भने वदलामा उसले पनि दान नै प्राप्त गर्छ । यदि कसैले कसैको जीवन रक्षा गर्छ भने उसले पनि जीवनदान प्राप्त गर्छ । यदि कसैले विनम्रतापूर्ण व्यवहार गर्छ भने उसले पनि विनम्रता नै प्राप्त गर्छ । शत्रुता गर्नेले शत्रुता, घृणा गर्नेले घृणा, ठगी गर्नेले ठगी, धोका दिनेले धोका र विश्वासघात गर्नेले विश्वासघात नै गर्छ । अधर्मले अधर्मको वृद्धि हुन्छ, धर्म (सद्गुण) ले धार्मिकताको वृद्धि हुन्छ । ‘धर्म एव हतोहन्ति धर्मो रक्षति रक्षितः । तस्माद् धर्मं न त्यजामि मा नो धर्मो हतोऽवधीत् ।’–महाभारत

अर्थात धर्म त्याग गर्ने आफैं नष्ट हुन्छ र जसले यसलाई जोगाउँछ उसले आफैलाई सुरक्षित राख्छ । त्यसैले म पुण्यको त्याग गर्दिन, यदि नष्ट भयो भने यसले हामीलाई नष्ट गर्छ । धार्मिकताको वृद्धि भनेकै संसार अझै सुरक्षित, सुन्दर र सभ्य हुनु हो । त्यसैले हरेक व्यक्तिले असल गुणहरूको बडो तत्परताका साथ पालन गर्नुपर्छ र ती गुणहरूलाई एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण पनि गर्दै जानु हितकर हुन्छ । त्यसैले माताको सम्मान गर, पिताको आज्ञाकारी बन, अतिथिको सत्कार गर, गुरूको सम्मान गर जस्ता आदेशहरूको पालन गर्नेले गुरुका रूपमा, पिताका रूपमा, माताका रूपमा, अतिथिका रूपमा, पतिका रूपमा, पत्नीका रूपमा पुनः प्रत्युत्तर प्राप्त गर्छ । सद्गुणहरूको पालना नगर्नेले सद्गुणहरूको पुस्तान्तरण पनि गर्न सक्दैन र समाजमा विद्वेष मात्रै फैलाउँछ । हिन्दु धर्मका विषयमा अहिले धेरै भ्रम छर्ने काम भइरहेको पाइन्छ । आफूलाई सत्य साबित गर्ने चेष्टा गर्ने तत्वहरूबाट त्यसरी फैलाइएको भ्रान्तिले सिधासादा सर्वसाधारणहरू भ्रमित बनिरहेको अवस्था छ । जुन व्यक्तिले बेद, उपनिषद एवं गीतालाई राम्ररी मनन गरेर पढेको छैन र समाजमा प्रचलित धारणा वा सुन्ने सुनाउने क्रममा चलिआएका धर्मइतरका तर धार्मिकजस्ता लाग्ने भ्रमपूर्ण कुराहरूमा विश्वास गर्छ त्यस्तालाई मात्र प्रायोजित भ्रमले दिग्भ्रमित तुल्याउन सक्छ ।
हिन्दूमा जस्तो वैचारिक स्वतन्त्रता अन्य कुनै धर्ममा छैन । यसमा व्यक्तिको रुचि, स्वभाव, मनोविज्ञान, विचार, झुकाव अनुसारको धार्मिक पद्धति वा मत अपनाउन सकिन्छ । हिन्दू धर्ममा अनेकौं देवी देवताहरू भएपनि ती सबै एकै परमात्माका विविध स्वरूप मात्र हुन । वेदले भन्छ– आखिर परमात्मा वा ईश्वर एउटै छ र त्यो हामीभित्रै छ । विभिन्न मठ—मन्दिर तथा देवी, देवताहरूको पूजा, उपासना केवल सांकेतिक मात्र हो, वास्तविक ईश्वर त हृदयभित्र छ र आत्मज्ञान वा आत्मपहिचान नै वास्तविक ईश्वर उपासना हो, वेदले भन्छ । सबैलाई आ–आफ्नो कुल परम्परा अनुसारको संस्कार मान्ने व्यक्तिगत स्वतन्त्रता छ; यसमा कसैको आपत्ति रहनुहुदैन तर आफुले गरेको कार्यले अरूको आस्थामाथि प्रहार ग¥यो भने त्यसले धर्मको आवरणमा अधर्म गरेको पुष्टि हुन्छ । सबैले आ–आफ्नो कूलधर्ममा विश्वास गर्दै अघि बढ्दा शान्तिको महुसुस गर्दछन् । कूल धर्म, मूल्य मान्यता, आस्था आदर्श र व्यवहारको समष्टि पनि हो । आफूलाई परधर्ममा बेच्नु भनेको आत्मघात पनि हो । परिवार, समाज, समुदाय र राष्ट्रघात पनि हो । कूलधर्म भनेको आफ्नोपन र शुद्धमन हो । कूलधर्म छोड्नु भनेको आफूलाई र सबैलाई धोखा दिनु हो, विश्वासघात र बेइमान गर्नु हो । पतन मार्ग पक्रनु हो ।

धार्मिक सहिष्णुताले मान्यता र चेतनालाई जनाउँदछ कि सबै मानिसहरूलाई बिभिन्न तरिकाले सोच्न र बिभिन्न विश्वासहरू दावी गर्न वा पूर्णरूपमा धार्मिक विश्वास त्याग्न अधिकार छ । यी सबैले यो पनि बुझ्दछन् कि सबै विश्वासहरू समान रूपमा मान्य र सम्माननीय छन् तर त्यसो भन्दैमा अरूको आस्था र विश्वासमाथि नै असर पर्ने गरि गतिविधि सञ्चालन गरिनु त्यत्तिकै निन्दनीय पनि छ । त्यसकारण धार्मिक सहिष्णुता समाजमा जीवनको लागि आवश्यक छ । धार्मिक सहिष्णुताको अर्थ यो हो कि कसैलाई पनि आफ्नो विश्वासहरू अरूमाथि लाद्ने अधिकार छैन । यस कारणले कसैलाई पनि धार्मिक प्रकृतिको मामिलामा अर्को व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई रोक्न वा जबरजस्ती गर्ने अधिकार छैन किनकि धार्मिक सहिष्णुताले पनि अरूको मान, विश्वास र अरूको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दछ । गीताको अन्तिम श्लोकमा ‘यतो धर्मः ततो जयः’ अर्थात् जहाँ धर्म हुन्छ त्यहाँ विजय हुन्छ भनेर धर्म रक्षाको निष्कर्ष प्रस्तुत गरिएको छ । धर्म हितकारी कल्याणकारी अनि सहिष्णुताको भावनाबाट प्रेरित हुनुपर्छ न कि आडम्बर र अशिष्टको पराकाष्ठा । जय होओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?